google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

कलैया, बारा।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

मधेशको विकास बिना देशको विकास दिवा सपना रहेको पुर्व उप प्रधानमन्त्री उपेन्द्र यादवले बताएका छन् । बाराको करैयामाई गाउपालिका वडा नम्बर ८ इटहर बेलाही स्थित तियर नदीको उदघाटन कार्यक्रमको उदघाटनमा नेपाल संघिय गणतन्त्र भए देखि मधेश प्रदेशमा विकासको लहर छाएको उनले बताए । सबै प्रदेशको तुलनामा गरिबि अशिक्षा, विकृति विसङ्गति मधेश प्रदेशमा रहेको छ। केन्द्र सरकारको गलत चिन्तन र सोचले गर्दा मधेश प्रदेश पिछडिएको यादवले बताए । मधेश प्रदेशको जनसङ्ख्याको आधारमा विकास गर्न वजेट विनियोजन नगर्दा मधेश प्रदेशको विकास हुन नसकेको उनले बताए ।

मधेश प्रदेशको विकास गर्न हुलाकी सडक खण्ड निर्माण गर्नुपर्नेमा जोड दिए । पुर्व देखि पश्चिम सम्म रेलवे सडक जोडनु पर्ने बताए । गाउ गाउका सडक सदरमुकाम संग जोडनु पर्नेमा जोड दिए कृषि तथा कृषकका लागि लाभकारी हुने यादवले बताए। मधेश कृषिको लागि उर्वर भूमि भए पनि कृषिमा पिछडिएको उनले बताए । कृषि विकासका लागि विज्ञान र प्रविधिको सहयोगले मात्रै कृषि संभव रहेको अध्यक्ष यादवले बताए ।

बीरगंज चिनी करखाना लगायत उधोग बन्द हुदा देशका जनशक्ति विदेश पलायन भएर देश पछाडि धकेलिएको उनले बताए । बन्द रहेको उधोग सरकारले यथासिघ्र संचालनमा नल्याए मधेश प्रदेशबाट गरिवी हटाउन नसकिने उनले बताए ।

उक्त पुल शिलान्यास कार्यक्रमको अन्तमा कार्यक्रम लाई समापन गर्दै कार्यक्रमका अध्यक्ष साहले आफ्नो गाउको बारेमा नाम नखोली निकैनै दर्दनाक र लज्जास्पद घट्ना बताएका थिए। उक्त पुलको निर्माण हेतु एक जना गरिब संग एक लाख रुपैयाँ लिएर एक जना नेताले खाइ दिएको तर कुनै चासो नलिएकोमा आज सम्म त्यो गरिबले त्यो एक लाख रुपैयाँको ब्याज तिर्न बाध्य भएका छन्। तर त्यो शिलान्यास भएको कार्यले निकै नै उत्साह र खुशी भएको एवं गौर्वान्वित भएको बताएका थिए। आउदो दिनमा पनि यसतै तपाइको साथ र सहयोग रहने आशा र विश्वास राख्दै संघीय सांसद तथा प्रदेश सांसद एवं आफ्ना पालिका लाई स:धन्यवाद ज्ञापन गरेका थिए।

उक्त ठाउँका वासीहरुले वर्षातको मौसममा विहेवारी पनि पुर्ण प्रभावित हुनेगरेको स्थानीयहरुले बताए। करिब ५०० घरधुरी भएको उक्त क्षेत्रमा अन्दाजी १५०० जना भोटर रहेकोले हरे राजनीतिक व्यक्तिले आफ्नो राजनीतिक स्वार्थ सिद्ध गर्ने एउटा साधनको रूपमा मात्र प्रयोग गर्दै आएका थिए।

तियर नदीपूलको शिलान्याशले जसपा लाइ जस पाएको छ। तियर नदिको शिलान्यासले जनता उत्साहित भएका थिए । प्रदेश सरकार, भौतिक पुर्वाधार विकास मन्त्रालय मार्फत करैयामाइ गापा वार्ड न.८ इटहर र बेलाहीको बीचमा पर्ने तियर नदीको शिलान्यास वडा अध्यक्ष सुरेन्द्र प्रसाद साहको अध्यक्षता तथा पुर्व संघीय सांसद रामसहाय यादवको प्रमुख आतिथ्यता एवं पुर्व अर्थ राज्य मंत्री उषा यादवको विशिस्ट आतिथ्यतामा शिलान्यास गरिएको थियो।

शिलान्यासको बेला आफ्नो धारणा राख्ने क्रममा विशिष्ट अतिथिका रुपमा रहेका प्रदेश न.२का पुर्व अर्थ राज्य मंत्री यादवले भने यो पूलको शिलान्यास भएकोमा आफू महाभारतको युद्ध जितेको महसुस भएको बताएकि थियिन। यो पूलको निर्माणमा राजनीतिक दावपेच यति थियो कि भन्न लाई शब्द कम पर्छ। उनी यहाँ सम्म भनेकी थिइन कि शिलान्यासको पुर्व राती सम्म लडाइ लड्नु परेको छ।

तियर नदी उदघाटनमा मधेश प्रदेशको पुर्व अर्थ मन्त्री उषा यादव लगायतका नेता कार्यकर्ताले उदघाटन गरेका थिए तर केही फोहरी राजनीतिक गर्नेहरुले नाम बदनाम गर्ने उद्देश्यले शिल्लाकेखमा पुर्व अर्थराज्य मन्त्री यादवको नाम नलेखिएको कारण देखाउदै षड्यन्त्र पुर्वक आफै शिलालेख तोडेका थिए जसकारण उक्त घटना लाई विरोध गर्दै कार्यक्रम बाट बाहिरिएका थिए। केही बेर उदघाटन सत्र योजना अनुरुप तनावपूर्ण भएको थियो ।

शिलालेखको पिलरलाई माटो खनेर अडयाई शिलालेखको पिलर पुलमा डोरीले बाँधेर पुर्व उप प्रधानमन्त्री उपेन्द्र यादवले रिवन काटेर उद्घाटन गरेका थिए ।

उदघाटन कार्यक्रममा प्रमुख अतिथि उप प्रधानमन्त्री तथा क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य उपेन्द्र यादव, संविधान सभा सदस्य प्रमोद गुप्ता, प्रदेश २ मुख्य मन्त्री सरोज यादव, प्रदेश सभा सदस्य शरदाशंकर साह, बच्चा यादव, पुर्व प्रतिनिधि सभा सदस्य रामबाबु यादव, प्रदेश सभा सदस्य पारस साह लगायतको सहभागिता रहेको थियो ।

 

 


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0