google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

सबिर आलम, कलैया, बारा।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

दुई जनाले सवालाख दिप प्रज्वलन गरी यज्ञ सम्पन्न गर्न सफल रहेका छन्। नगरभरिका सम्पूर्ण दाम्पतिहरुले यज्ञ पूरा गर्न लागेका छन्। श्री श्री १०८ श्री लक्ष्मीनारायण महायज्ञको आज आठौं दिनको संध्याकालमा सवा लाख दिप प्रज्वलन गरीएको हो। लक्ष्मीनारायण महायज्ञमा आठौं दिनमा अनपुर्णा देवीको पुजन गर्ने गरिन्छ र त्यहिन विषेश पुजनको मान्यता रहेको छ। अनपुर्णा देवीको पुजन हुने दिन नै भगवान रामको विषेश पुजा हुने गर्दछ, सोही उपलक्ष्यमा आज बारा जिल्लाको सिम्रौनगढ नगरपालिका गंगानगरमा गरिएको हो।

भारतका बिहार आदापुर प्रखण्डका आचार्य विजय कुमार मिश्रका अनुसार महायज्ञका लागि आठौं दिन विषेश दिनको रूपमा पुजा गर्ने गरिन्छ। आठौं दिनमा पुजामा सहभागी सबै

(जगेन: परिमार्जने दोषो उपनयने गुनाधाने च: योगदानम भवति!) अर्थात यज्ञ विना परिवर्तन सम्भव नरहेको र क्षेत्र, एवं देशको शान्ति तथा संस्कार परिवर्तन नहुने भएकोले यज्ञ  गरेर मात्र यो सबै परिवर्तन हुने धार्मिक मान्यता रहेको आचार्य मिश्रले बताए। गंगानगर ४ सिम्रौनगढ नगरपालिकाका सम्पूर्ण वासीहरुको सहयोगमा यज्ञ पुरा हुन लागेको पुर्व वडा अध्यक्ष राजेश यादवले वताए।

नगरप्रमुख किशोरी साह कलवारले उक्त यज्ञको पुन्य नगर तथा देशव्यापी रूपमा सबैको कल्याणका लागि गरिएको र सम्पूर्ण श्रद्धालु भक्तजन सहयोगी हाथरु प्रतिअभार प्रकट गर्दै सबैमा कल्याण होस् भनी कामना गरेका छन्। धार्मिक मूल्य मान्यता एवं लोक आस्था विश्वासका केन्द्र हिन्दु सनातन धर्मका अनुसार “मानौ भने देव र नमाने पत्तथर” भने झै विश्वास राख्ने प्रती हरेक दृष्टिकोणले प्रगतिको कामना समेत गरेका छन्। नगर प्रमुख कलवारका नुसार सवालाख दिप सम्पुर्ण नगर भरिका महिला र पुरुषहरुले प्रज्वलन गरि बुद्धवार साझमा विशेष पुजा गरि आ-आफ्नो श्रद्धा भक्तीका साथ भगवान लाई आफ्नो भावना समर्पित गरेका छन्।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0