google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

कलैया, बारा (महागढीमाई) ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बालकृष्ण खाँणले बारा २ को उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवलाई जिताउन खुलेर लाग्न बाराका कांग्रेसका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
बाराको महागढीमाई नगरपालिका–२ बरियारपुरमा शुक्रबार स्थापना गरिएको संयुक्त चुनावी सम्पर्क कार्यालयको उद्घघाटन कार्यक्रममा बोल्दै पूर्व गृहमन्त्री समेत रहेका खाँणले बारा–२ मा जसपा अध्यक्ष उपेन्द्र यादवले पाँच दलीय गठबन्धनको प्रतिनिधित्व गरिरहेको कारण उनि नेपाली कांग्रेस समेतको उम्मेदवार भएको बताए । उनले कांग्रेस बाराका नेता र कार्यकर्ताहरुलाई खुलेर यादवलाई जिताउन चुनावी अभियानलाई अझ तीब्र र आक्रमक बनाउन निर्देशन दिए ।

खाँणले भने, ‘उपेन्द्रजी जसपा पार्टीको मात्र उम्मेदवार हुनुहुन्न् । उहाँलाई पाँच दलीय गठबन्धनले उठाएको हो, उहाँ जति जसपाको उम्मेदवार हुनुहुन्छ उतिकै कांग्रेसको पनि उम्मेदबार हुनहुन्छ । उहाँलाई जिताउने सम्पूर्ण कांग्रेसी नेता कार्यकर्ताहरुको कर्तव्य हो । कांग्रेसका सम्पूर्ण साथीहरुसँग म उपेन्द्रजीलाई जिताउन खुलेर लाग्न आग्रह गर्दछु ।’ कार्यक्रममा बोल्दै बारा २ का उम्मेदवार एवं जसपा अध्यक्ष उपेन्द्र यादवले बारा जिल्ला र समग्र मधेशको विकास र समृद्धि आफ्नो मूल चुनावी एजेण्डा भएको बताए । उनले निर्वाचनमा उम्मेदवारको पृष्ठभूमि र उसले गरेको कामको मूल्यांकन गरेर मतदान गर्न आग्रह गरे । भ्रम फिजाएर मधेसका जनताबीच द्वन्द्व सृजना गर्नेबाट सावधान रहन आग्रह गर्दै उनले भने, ‘जातीयता, बाहिरिया भित्रिया जस्तो द्वन्द्व सृजना गर्ने बिषयको उठान गर्नेहरुसँग सावधान रहन आवश्य छ ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
‘बाहिरी शक्तिबाट परिचालितहरुले मधेशी जनताको भलोको बारेमा सोच्न सक्दैनन् । मधेसको लागि हालसम्म कसले के गरेको छ, मधेशी जनताले पाएको अधिकारको लागि कसले कति योगदान पुर्याएको छ । यसको मूल्यांकन गरेर मात्र मतदान गर्नुहोला’– अध्यक्ष यादवले भने । लोसपा मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले पनि उपेन्द्र यादव जस्तो नेता संसद् बाहिर रहनु संघीयताको लागि घातक भएको बताए । पछिल्लो समय संघीयतालाई कमजोर पार्ने शक्तिहरु सक्रिय भइरहँदा यसको संरक्षणका लागि आवाज उठाउन पनि उपेन्द्र यादव जस्तो नेताको संसदमा उपस्थिति अपरिहार्य रहेको उनले बताए ।

बारा २ मा निर्वाचन परिचालनका लागि संयुक्त चुनावी सम्पर्क कार्यालयको जसपाका अध्यक्ष उपेन्द्र यादव, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण र लोसपाको तर्फबाट चुनावी कमाण्ड सम्हालेका पूर्वमन्त्री जितेन्द्र सोनलले संयुक्त रुपमा उद्घाटन गरेका छन् । कार्यक्रममा जसपाका मधेस प्रदेश अध्यक्ष रामबाबु प्रसाद यादव, नेपाली कांग्रेस बाराका अध्यक्ष राजेशराय यादव, जसपा बाराका अध्यक्ष रामबाबु यादव, रामकिशोर यादव, प्रमोद गुप्ता, युवा नेता मुकेश कुशवाहा, नेपाली कांग्रेसका नेता उपेन्द्र यादव एवं पाँच दलिय गठबन्धन दलहरुका स्थानिय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0