सिम्रौनागढ़ सामाजिक संदेश

कबहि गोढ नाकामा रहेको प्र​ह​री स्कटिङ्गमै तस्करी हुदै

Pacharauta covid new -078
Holi Suvarn 078
Simraun gadh Covid New -078
कबहि गोढ नाकामा रहेको प्र​ह​री स्कटिङ्गमै तस्करी हुदै

अनिल पाण्डेय
कलैया बारा
देशको सिमा सुरक्षाको लागि नेपाल प्र​ह​री र सशस्त्र   प्र​ह​रीलाई खटाईएको छ। अहिलेको समय कोभिड-19 ले गर्दा सिंगो देशलाई नै समस्या भोगिरहनु परेको अवस्था छ। देशको सिमा नाका अहिले बन्द रहेको अवस्था छ। देशको कनै कनै जिल्लामा अहिले पनि निषेधाज्ञा नै लगाउनुपर्ने अवस्था सिर्जना भएकोले निषेधाज्ञा नै लागेको छ।
कबहि गोढ नाकामा रहेको ईलाका  प्र​ह​री कार्यालय कबहि गोढका ईन्चार्ज सई बिरेन्द्र​ गिरी कै नेतृत्वमा रातिको समयमा पच्चगछिया नाकाबाट  ८ बजेदेखि ९ः३० बजेसम्म , ११ बजे देखि १२ बजेसम्म र बिहानको  ३ बजेदेखि ५ बजे सम्मको समयमा प्र​ह​री स्कटिङ्ग कै स्टाईलमा तस्करीको समान हार्डवेयर ,कस्टमेटिक समान , किराना समान , लताकपडा , बैट्रिको समानहरु गाडिको बति निभाई तस्करी भईरहेको त्यहाँको प्र​त्यक्षदर्शिहरुले बताएका छन। रातिको समयमा सोहि नाका भएर ५० भन्दा बदि राँगा तथा पाडाहरु पनि तस्करी भईरहेको पनि स्थानिय बासिहरु बताउछन। 
 
ईलाका  प्र​ह​री कार्यालय कबहि गोढका ईन्चार्ज सई गिरी आफै रातिको समयमा राउण्डमा जाने गरेको र दिउँसो तिर अराम गर्ने गरेको पनि जानकारी स्रोत​बाट​ आएको छ। बिहारमा मदिरा बन्द रहेकोले नेपालको मुख्य नाकाहरुमा मदिराहोटल पनि फस्टाएको अवस्था रहेको छ। कबहिगोढको मुख्य  नाका रहेको सन्तगँजमा पनि मदिराहोटलहरु बिना दर्ता नै निर्बादरुपमा सँचालनमा रहेको छ। ति मदिराहोटल सँचालन गरे बापत ईप्र​कामा महिनावारी दिने गरेको एक मदिराहोटल ब्यापारी नाम उल्लेख नगर्ने सर्तमा बताएकाछन।
 
नेपालमा आलुप्याजको महगाँई बढेसँगै कबहिगोढ नाकामा रहेको भारतिय नाकातिर आलुप्याज ब्यापारी ओमप्र​काश गुप्ताले भण्डारन गरि कबहिगोढमा खटिएका प्र​ह​रीलाई मिलाई बिहान बेलुका सिमानाका पार गराई साईकल तथा मोटरसाईकलमा निर्बाधरुपमा पनि तस्करि भईरहेको देख्न सकिने अवस्था रहेको छ।
ईप्र​काको ईन्चार्ज सई गिरीसँग कुरा गर्दा अहिले कुनै पनि किसिमको तस्करीको कार्य नभएको र यो झुटो कुरा भएको हो भनि जानकारी गराउँदै सिमानाकाको सम्पुर्ण जिम्मेवारी सशस्त्र प्र​ह​रीको हो। सशस्त्र प्र​ह​री नै सिमानाकामा डियुटीमा खटिने भएकोले हामिले त्यस्तो कार्यमा सँगलन्न नरहेको बताउनुभयो।
कबहिगोढ बिओपिको ईन्चार्ज ईन्स्पेक्टर नरायण सिँहसँग कुरा गर्दा मैले आएको एक महिना मात्र भएको र यहाँबाट तस्करी नहुने र कहिलेकाहि आफु पनि राति राउण्डअपमा जाने गरेको तर केहि फेला नपरेको जानकारी गराउँनुभयो।
आलुप्याज ब्यापारी गुप्तासँग कुरा गर्दा आफु पसलबाट मात्र बिक्रिबितरण गरेको यहाँबाट लिएर जाने ब्यक्ति नै स्वम् जिम्मेवार रहेको हुनाले उनिहरु सबै प्र​ह​रीलाई मिलाईसकेकोले प्र​ह​रीले लाईन दिएको बेला नै समान जाने गरेको छ।

 

 

सँम्भार:- cinnepal.com

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.