अधिवक्ता कुर्मीले जसपाको पर्सा २ बाट प्रतिनिधिसभा सदस्यमा दिए उम्मेदवारी


वीरगंज – जनता समाजवादी पार्टी नेपालबाट अधिवक्ता सुरेन्द्र कुर्मीले पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।
अधिवक्ता कुर्मी जनता समाजवादी पार्टी नेपाल र नेकपा एमालेको साझा उम्मेदवारका रुपमा आफ्नो मनोनयन दर्ता गराएका हुन् ।

अधिवक्ता कुर्मीले यस अघि लोसपाबाट सक्रियरुपमा राजनिती गर्दै आएका थिए तर पटक पटक जातिवाद , पुजिँवाद हावी भए पश्चात पार्टी परिर्वतन गरी चुनावमा आएको उनले बताए ।
मनोनयन दर्ता पश्चात सञ्चारकर्मीसँग कुरा गर्दै कुर्मीले आफूद्वारा गरिएको कामको जनताले मूल्यांकन गरेर पुनः निर्वाचित गराउने विश्वास व्यक्त गरे ।
कुर्मीको प्रतिद्वन्द्वीका रुपमा सत्ता गठबन्धनले अजय चौरसियालाई उम्मेदवार बनाएको छ ।