सिम्रौनागढ़ सामाजिक संदेश

किटानुको निर्मलिकरणको लागी प्रभावकारी हिमगिरीको उत्पादन

किटानुको निर्मलिकरणको लागी प्रभावकारी हिमगिरीको उत्पादन

Pacharauta covid new -078
Holi Suvarn 078
Simraun gadh Covid New -078

विराटनग, श्रावण २८ गते । विश्व व्यापी रुपमा फैलि रहेको कोरोना भाइरस (कोभिड–१९) जस्ता किटानुहरुलाई २ मिनेटमै निर्मलीकरण गर्न सक्ने अस्ट्रेलियन प्रविधिको नेटबियोकेम डी एस. ए. एम. हिमगिरि हाइजिन प्रा.लि.ले विक्री वितरणको लागि बजारमा ल्याएको छ ।
जोखिम मुक्त तथा ज्वलनशील नभएको उच्चस्तरिय कीटाणुनाशक उद्योग प्रतिष्ठान, संस्थागत कार्यालय, एयरपोर्ट, स्वास्थ्य सेवा, विद्यालय तथा कलेज, यातायातका साधन, मल, पसल, सिनेमा हल, होटल, रेस्टुरेन्ट, एयरक्राफ्ट तथा घरमा समेतको प्रयोग गर्न सकिने सो उत्पादीत लिक्वीडले स्प्रे गरेर, कपड़ामा भिजाएर वा फोगिंगको माध्यमले सफाइ गर्न सकिने कम्पनीले बताएको छ ।
त्यसैगरी कपडा, प्लाष्टिक, धातु, रबर सहित अन्य कुनै पनि सामग्री वा सतहमा कुनै किसिमको हानी नोक्सानी नगर्ने बताइएको छ । मानव स्वास्थ्यको लागि चिन्ताको विषय भएको एस्परगिलस नाइजर प्रजाति बिरुद्ध प्रभावकारिता प्रदर्शन गरेकोले नियमित रुपले सबै छिद्र वा अर्ध छिद्रयुक्त सतहहरुको सर–सफाइ गर्नको लागि नेटबियोकेम डीएसएएमको उपयुक्त हुने कम्पनीले दावी गरेको छ ।
नेपालीको लागि स्वच्छ र स्वस्थ्य सरसफाईको लागि हिमगिरि हाइजिन प्रा.लि. ले नेटबियोकेम डीएसएएम नेपाल भित्राएको हो । यो एरोस्पेश मेडिकल एशोसिएशन, आईएसओ ढण्ण्ज्ञस्द्दण्ज्ञछ, पीजीजी, अष्ट्रेलियाली विश्वासार्ह ट्रेडर लगायतबाट प्रमाण्ति समेत भएको छ ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.