सिम्रौनागढ़ सामाजिक संदेश

सिम्रौनगढ़मा कसको बाजी

Pacharauta covid new -078
Holi Suvarn 078

कलैया बारा।

लोसपा नेपाल सिम्रौनगढ़ नगरका उम्मेदवार किशोरी साह कलवार तथा उप-प्रमुखका उम्मेदवार नजमु शेहरले झूटो आश्वासन कहिले पनि नदिने र जनताको मतको अपमान कहिले पनि हुन् नदिन कुनै कसर बाकि नराख्ने प्रतिबद्धता जनाउदै जनता संग साइकलमा मत हाल्न आग्रह गरेका छन्। सिम्रौनगढ़ नगरपालिका सबै वडा वासी संग कलवार र शेहरका सबै सदस्यहरु विश्वास पात्र बनेको जनताहरुले बताए ।

Simraun gadh Covid New -078

शेहर र कलवारले सर्वसाधारण संग अबको समय भ्रष्टाचारी र घुसखोरीको समय सकिएकोले अब तपाईहरु असल समाजसेवी लाई आफ्नो नगर, सुन्दर नगर बनाउन आफ्नो मतदान गरि नेतृत्व चयन गर्न लाई साइकल छापमा स्वस्तिक चिन्ह लगाएर लोसपा लाई निर्वाचित गर्न आग्रह गरेका छन्। सिम्रौनगढ़ वासी लाई झुठा आश्वासन दिएर मधेशी जनताको मतबाट पदमा पुगेर मतको अपमान गर्दै नगरका सबै सरोकारवाला निकाय लथालिंग गरेको आरोप लगाए। मधेश विरोधी पार्टी भएकोले हाम्रो समाजमा अशिक्षा कसरि कायम रहन्छ, बेरोजगारी कसरि कायम रहन्छ, भ्रष्टाचारी कसरि कायम रहन्छ, मेरो दास कसरी बनि रहन्छ त्यहि अनुसार कार्य गरेकोले हाम्रो समाजमा अशिक्षा,बेरोजगारी, भ्रष्टाचारी आदि इत्यादि कलवारले बताए ।

स्वास्थ्य लाई मध्यनजर गरि ग्रामीण वडामा नालाको व्यवस्थापन गरि सडक संरक्षण गर्नुको साथै हामि जनता लाई रोग नलाग्न दिन स्वस्थ नगर बनाई नगरबासीलाई परिवर्तनको प्रत्याभुती गराउने कलवार तथा शेहरको प्रतिबद्धता रहेको छ । जनतालाई बिकासको आभाष दिलाएर प्रशासनिक कामलाई सहज, सरल र पारदर्शी बनाउने उनले बताए।

घरदैलो कार्यक्रममा नेपाली काङ्ग्रेस, एमाले र मावोवादि पार्टीका शिर्ष नेताहरुको जिनामै अरु लाइ शोषण गरि आफ्नो पोषण गर्ने नीति रहेको लोसपा नेपालका केन्द्रिय सदस्य डा. कमरुल्लाह अंसारीले सर्वसधारनामा प्रस्ट पारेका थिए। त्यसैले लोसपा नेपाल लाई साइकल छापमा मतदान गरि समपूर्ण सदस्य सहित लाई निर्वाचित गर्न आग्रह गरेका छन्। नेपालि कांग्रेसले जहानिया राणाशासन आज २१औ सतावादीमा चलाउन खोजे भने नगरमा शान्ति कुनै हालतमा हुन् नसक्ने ठोकुवागरेका थिए। किन कि कांग्रेसले जनता लाइ जहिले पनि शासन र शोषण गर्दै आएकोले अब यो परिवर्तन गर्ने बेला रहेको ध्यानाकर्षण गराएका थिए। त्यहि शाषण र शोषण गरि छाती र टाउकोमा गोलि हानेको स्मरण गराएका थिए।

 

चुनावी माहौलमा कसको बाजी रहेको बारेमा स्थलगत अध्ययन हेर्ने हो भने साइकल छाप अर्थात लोकतान्त्रिक समाजवादी पार्टीको नै जीत सुनिश्चित रहेको कुरा हेरे आफ्नो मत खेर न फाली सबैले साइकल छापामा नै मतदान गर्ने विचार राखेको स्वतन्त्र जनताले भन्ने गरेका छन्।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.