google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

कलैया, बारा।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

आँखा तथा स्वासप्रस्वास समस्या न्यूनीकरणका लागि गैस चुल्हा बितरण गरिएको छ। पचरौता नगरपालिकाको वडा न. ३ रामनगरमा बितरण गरिएको छ। पुरानो प्रथा काठ दाउरा बाट खाना पकाउने प्रक्रियाले गर्दा निकै नै नकारात्मक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने गरेकोले सोको प्रभाव बाट प्रभावित नहुन दिन गैस चुल्हा नगरपालिकाले बितरण गरेको हो। नगर प्रमुख रमेश यादवले आफ्नो निगरानीमा एक सय पचास जना घरपरिवार लाई गैस चुल्हा, रेगुलेटर, गैस सिलिन्डर, लाइटर लगायत पूरा सेट बितरण गरेका छन।

प्रागरिक मल, तथा काठ दाउरा बाट खाना पकाउदा मुख्य रुपमा आँखा तथा स्वासप्रस्वासको रोग निम्त्याउने गरेकोले उक्त रोग बाट बाच्नका लागि गैस चुल्हा वितरण गरिएको नगर प्रमुख यादवले बताए। हालको अवस्थामा खास गरि दलित, एकल महिला, बिध्वा महिला, मुस्लिम, विपन्न तथा पिछडिएका सीमान्तकृत वर्ग लाई लक्ष्यित गरि वितरण गरिएको हो भन्ने अर्को चरणमा सबै वर्ग लाई समेटेर यस्ता कुरा बाट लाग्ने रोग मुक्त पालिका बनाउने उदेश्य रहेको नगर प्रमुख यादवले बताए।

वितरण कार्यक्रममा नजिकको प्रहरी चौकी भट्ठी बैरियाका इन्चार्ज, शस्त्र प्रहरी बेस कैम्पका बेनौलीका इन्चार्ज लिलबहादुर ठाडा, नसस महन्थ लाल यादव, वडा अध्यक्ष धेनुक पटेल, युवा नेता सचिन्द्र यादव लगायतको उपस्थिति रहेको थियो।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0