google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

प्रमुख प्रशासकिय अधिकृत पाललाई काम गर्न देउ भन्दै स्थानिय जनताद्धारा प्रर्दशन

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

प्रभु यादव, कलैया, बरा ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बारागढी गाँउपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकिय अधिकृत बकिल प्रसाद पाललाई गाँउपालिकामा जिम्मेवारी दिन माँग गर्दै स्थानिय जनताहरू नाराबाजी सहित प्रर्दशन गरेका छन । पाललाई काम गर्न दवाव सृजनाका लागि गठित संर्घष समितिका संयोजक उमेश साहको नेतृत्वमा हजारौको सहभागितामा रहेका स्थानिय जनताहरूले पालिकामा भएको भष्टाचारी बन्दगर, आमोद र देवदत बछाडको सेटिग बन्द गर, आमोद चौधरी चाहिदैन, नाताबाद जातीबाद, कृपावाद बन्द गर जस्ता नाराहरु घनकाउदै प्रर्दशन गरिएको जसपा नेता दायाशंकर रायले बताउनुभयो ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

सरकारी नियम कानुनले आएका कर्मचारी लाई काम गर्न नदिनु पहिलो घटना हो कर्मचारीका लागि आन्दोलन गर्नु कुनै औचित्य नरहेको रायले जनकारी गराउनु भयो। १० दिन अगाडी पालिकामा उपाअध्यक्ष लक्ष्मी देवी रायले पाललाई हाजिर गराए पनि अधयक्ष देवदत बछार थारुले नत खाता खोल्न नै दिएका छैन भने अन्य कामकाज समेत गर्न नदिएपछि नियमाअनुसार कामकाज गर्न बतावरण मिलाउनमा दवाव सृजनाका लागि प्रर्दशन गरिएको पालिकाका अध्यक्षका प्रत्यासी उमेदवार एवम जसपाका नेता अशोक प्रसाद जयसवालले जानकारी दिनुभयो।

जनताले आन्दोलन गर्ने कार्यमा कुनै किसिमको अवरोध भए सबै जिमा अध्यक्ष बछारले लिनु पर्ने हुन्छ जयसवालको आरोप रहेको छ । संघिय मामिला तथा समान्य प्रशासनको चलानी नम्बर ६२२ को पत्रबाट मिति २०७८ साल पुस २३ गतेको निर्णयबाट निज बकिल लाई बारागढी गाँउपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा सरुवा गरि २८ गते हाजिर हुनका लागि आदेश जारी भएको हुदा उनले २८ गते पालिकामा हाजिर हुन आउदा गाँउपालिकाका अध्यक्ष देवदत बछाडले भोली आउनु भनेर आलटाल गरेपछि पुनह पुस २९ गते सरुवाको पत्र, निवेदन सहित हाजिर हुन जादा म हाजिर गराउन सक्दैन भनी जवाफ दिदै दुई दिन सम्म प्रतिक्षा गर्नुपर्दछ भन्दै आलटाल गरेपछि वडाअध्यक्षहरु, वडा सदस्यहरुले उपप्रमुख रायलाई हाजिर गराउन आग्रह गरेपछि रायले हाजिर गराउनु भएको थियो ।

राष्ट्रिय सर्तकता केन्द्र काठमाडौमा प्रशासकिय अधिकृतको रुपमा कार्यरत पाल बिहीबार देखि बिधीबत रुपमा बारागढी गाँउपालिकामा हाजिर भएको थियो । पाल हाजिर भएको दर्ता नम्बर ५५६ रहेको उपप्रमुख रायले जनकारी गराउनु भयो । प्रर्दशन कार्यक्रममा वडाअध्यक्षहरु , सुरेश चौधरी लगायतका जनता र नेताहरुको सहभागिता रहेको थियो । प्रमुख प्रशासकिय अधिकृत चौधरीको गृह मन्त्रालयमा सरुवा भईसकेको हो ।

 

 


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0