google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

अन्तर कलेज क्रिकेट टुनामेंटमा सत्यम पब्लिक कलेज लाइ लगातार दोश्रो उपाधि, एन आइ कपमाथि पनि सत्यमको कब्जा

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बीरगंज, पर्सा।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बि वाई सी सी अन्तर कलेज क्रिकेट टुनामेंटको उपाधि सत्यम पब्लिक कलेजले प्राप्त गरेको छ। सत्यम पब्लिक कलेजले नेशनल इफ़ोटेक अन्तर कलेज क्रिकेट टुनामेंटको उपाधि माथि पनि सत्यमाले नै कब्जामा लिएको छ। वीरगञ्जको नारायणी रंगशालामा जारी नेशनल ईन्फोटेक अन्तर कलेज टुर्नामेन्ट २०७८ को उपाधि सत्यम पब्लिक कलेजले जितेको छ। शनिवार भएको फाइनल खेलमा नेशनल ईन्फोटेक कलेज लाई ७ विकेटले पराजित गर्दै सत्यमले उपाधि हात पारेको हो ।

टस जितेर सत्यमले फिल्डींग रोजेपछि ब्याटिंगको निम्तो पाएको नेशनल ईन्फोटेकले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २६ रन जोडेको थियो। नेशनल ईन्फोटेकका प्रवेश कुश्वाहाले ६० बलमा १ छक्का र ८ चौकाको सहयोगमा ६९ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरे। त्यस्तै सर्फराज अली मन्सुरीले २५ र अमिर अन्सारीले १० रन बनाए। सत्यमका सलमान आलमले २ तथा निरज पटेल र अभव यादवले १/१ विकेट लिए।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

सत्यमले १९ ओभर २ बलमा जम्मा ३ विकेटको क्षतिमा निर्धारित लक्ष्य पुरा गरेपछि टुर्नामेन्टको उपाधि सत्यमको पोल्टोमा परेको हो। सत्यमका सलमान आलमले २२, अर्विन्द यादवले ३२, सुमित कुवँरले २३ र आसिम हवारीले २६ रन जोड्दै टिमलाई जित दिलाए। नेशनल ईन्फोटेकका अबुबकर एक्लैले ३ विकेट लिँदा पनि सत्यमलाई लक्ष्य भेटाउन बाट रोक्न सकेन। प्रतियोगितामा सत्यम कलेजका सलमान आलम म्यान अफ दी म्याच घोषित भएको रेडियो तराई तथा सत्यमका कार्यकारी निर्देशक अजय यादवले जानकारी दिए।

कार्यक्रममा विजयी खेलाडी लाई नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व खेलाडी पवन अग्रवाल, क्यानका अध्यक्ष दाउद अन्सारी लगायतले पुरस्कार वितरण गरेका थिए। प्रतियोगिताको समापन समारोह लाई सम्बोधन गर्दै पूर्व खेलाडी पवन अग्रवालले मोफसलमा आयोजना हुने खेलकुद प्रतियोगिता नै खेलाडी उत्पादनको पाठशाला भएको बताए। प्रतियोगिताले अरुलाई पनि खेल क्षेत्रमा आकर्षित गर्ने खेल खेल्न प्रेरित गर्ने अग्रवालको भनाई छ।

त्यसैगरी नेशनल ईन्फोटेक कलेजका प्रबन्ध निर्देशक मनिष सिँहले खेलतर्फ रुची राख्ने विद्यार्थीहरु लाई मध्यनजर गर्दै प्रतियोगिताको आयोजना गरिएको बताए। आगामी वर्षमा अँझै भब्यताका साथै राम्रो बनाएर अरु पनि कलेजहरुलाई सहभागी बनाउने सिँहको भनाई छ। क्यान पर्सासँगको सहकार्यमा नेशनल ईन्फोटेक कलेजले आयोजना गरेको प्रतियोगितामा वीरगञ्जका १० कलेजको सहभागिता रहेको थियो।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0