कलैया, बारा।
लोसपा नेपाल पचरौता द्वारा वडा न. ६ पकडियामा शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम गरिएको छ। शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा पार्टीका नगर अध्यक्ष बसीर मिया अंसारीको सभापतित्व तथा पुर्व मंत्री एवं पार्टीका प्रभावशाली नेता प्रदेश संसदीय दलका नेता जितेन्द्र सोनलको प्रमुख आतिथ्यता एवं जिल्ला सभापति नवलकिशोर सिंहको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको हो।
सोहि कुरा लाई समर्थन गर्दै मेयरका प्रत्यासी एवं पार्टीका केन्द्रिय सदस्य श्याम गुपताले पनि भने, पचरौता नगरपालिका चरम भ्रष्टाचारमा डुबेको आरोप लगाए। यस नगरमा गैस सिलिन्डर, कर्मचारी भर्ना, बिना टेन्डर बाटोघाटो लगायत अनेकन कुराहरु बारे हामि चुप लागेर बस्ने होइन पचरौता बासीले त्यसको ठुलो परिणाम दिने चेतावनी आमेत दिएका थिए।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य श्याम गुप्ता, पिन्की यादव, बिशिस्ट अतिथि जिल्ला समन्वय समिति बाराको सभापती नवलकिशोर सिंह, बार एसोसिएसनका के. उपाध्यक्ष नेता राम चन्द्र सिंह, श्याम पाण्डे, अधिवक्ता परमहंस केशरी, डा. अखतर अंसारी, युवा नेता अरुण कुमार सिंह, मो. सरफुलाह अंसारी, जय प्रकाश गुप्ता, विनय कुमार सिंह, सचितानंद साह रौनियार, मिश्री लाल सहनी, बिनोद प्रसाद यादव, परवानीपुर गापाका अध्यक्ष हरि नारायण साह, देवताल गाउँपालिका अध्यक्ष लोकप्रिय नेता चंदन सिंह, पचरौता न. पा. उप. प्रमुख श्रीमती इन्दु कुमारी यादव लगायतकाले संबोधन गरेका थिए। पकड़िया ईकाई अध्यक्ष इम्तियाज अंसारीले स्वागत मंतब्य राखेका थिए भने सभा कार्यक्रम संचालन पृथ्वी राज सहनीले गरेका थिए।