जोगबनीमा अत्याधुनिक सुपर मार्केटको भब्य उद्घाटन

0

बिराटनगर / बिराटनगर नजिक रहेको नेपाल भारत अन्तरास्ट्रिय सिमा मा पर्ने जोगबनीको मुख्य बजारमा स्थानिय र नेपाली ग्राहकहरुलाई शुलभ, सस्तो र गुणस्तरिय सेवा प्रवाह गराउने उद्देश्य ले शनिवार जोगबनी को मुख्य बजारमा सिटी कार्ट नाम गरेको अत्याधुनिक शोपिंग मॉल संचालनमा आएको छ ।

जोगबनी जस्तो ठाउमा धेरै भिड भाड भएपनी अत्याधुनिक शोपिंग मॉल उक्त ठाउकोलागी नया भएको हुनाले पनि उक्त सिटी कार्ट शॉपिंग मॉलको उद्धाटन हुना साथ हजारौ ग्राहकहरुको लाईन लागेको देखिएको थियो ।

उक्त शॉपिंग मॉल को उदघाटन समाजसेवी शत्रुघन सिंह, विमल सिंह, सुचित्रा देवी, दीपिका सिंह, दिलीप सिंह र अमरेन्द्र सिंह द्वारा संयुक्त रूपमा गरियो त्यही उक्त अवशरमा सिटी कार्टको एरिया म्यानेजर बाशुदेव कुन्दन, स्टोर मेनेजर राहुल गुप्ता, जितेन्द्र सिंह, खुशबु दुबे, प्रशान्त सिंह, सहितको उपस्थिति रहेको थियो ।

खाध्यान्न, कपडा र मेसिनरी लगायतका साबै प्रकारको सामानहरु एकै छाना मुनी पाइने सुविधाको कारणले गर्दा पहिलो दिनमै अतिनै लोकप्रिय शॉपिंग मॉल भएको र जोगबनी बजारमा एउटा बेग्लै पहिचान बनाउन सक्ने ग्राहकहरुको भनाई रहेको छ ।

Leave a Reply