google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

सांसद यादवले लगाए कोरोना विरुद्धको खोप

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

काठमांडौ, १९ फागुन । पर्साको क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य प्रदीप यादवले कोरोना विरुद्धको खोप लगाएका छन् । सभामुख, मन्त्री तथा सांसदहरुले बुधबार कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गरेसँगै सांसद यादवले पनि खोप लगाएका हुन् ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

सामाजिक सञ्जालको फेसबुकमा एक पोष्ट लेख्दै सांसद यादवले खोप लगाएको बारे जानकारी गराएका छन् । कोरोनाभाइरस विरुद्ध विजय हासिल गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि पनि खोप लगाएको उनले टिप्पणी गरेका छन् ।

कोरोनाविरुद्धको खोप बिहान १० बजेदेखि खोप लगाउन सुरु गरिएको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले बताए । पुनःस्थापना पछि फागुन २३ गते संसद् बैठक बस्दैछ । संसद् बैठकअघि सबैलाई खोप अनिवार्य गरिएको छ ।
सभामुख अग्निप्रसाद सापकोटा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत सांसदहरुले खोप लगाइसकेका छन् ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0