google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

म्याजिक भ्यानको ठक्करबाट एक जनाको मृत्यु

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

म्याजिक भ्यानको ठक्करबाट एक जनाको मृत्यु
अनिल पाण्डेय
कलैया बारा
 कलैया बिरगँज सडक खण्डमा म्याजिक भ्यानको ठक्करबाट आज एक जना पुरुषको ज्यान गएको छ । कलैया उपमहानगरपालिका ३ स्थीत अस्थाई ट्राफिक प्रहरी कार्यालय अगाडी कलैयाबाट विरगँज जाँदै गरेको ना १ ज ८८३९ नम्बरको भ्यानले विपरित दिशाबाट आउँदै गरेको ना ४ प ५१२४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा प्रसौनी गाँउ पालिका ५ प्रस्टोका निवासी अन्दाजी ४० बर्षका दुर्योधन चौधरीको मृत्यु भएको हो । आज विहान सवा ११ बजे भएको दुर्घटनाबाट गम्भीर घाईते चौधरीलाई कलैया अस्पतालमा उपचारकोलागि भर्ना गरिएको थियो । उपचारका क्रममा चौधरीको ज्यान गएको बारा प्रहरी कार्यालयले जनाएको छ ।
मोटरसाईकलाई ठक्कर दिने म्याजिक भ्यान र सोका चालक जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा लिईएको बाराका प्रहरी निरिक्षक सुरेन्द्र यादवले जानकारी दिएका छन ।

Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0