google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

प्रजातन्त्र दिवस मनाउदै वृक्षारोपण कार्यक्रम सम्पन्न 

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

प्रजातन्त्र दिवस मनाउदै वृक्षारोपण कार्यक्रम सम्पन्न 
सबिर आलम
बारा
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
सिम्रौनगढ नगरपालिका द्वारा प्रजातन्त्र दिवस मनाईएको छ।सिम्रौनगढ नगरपालिकाका प्रमुख विजय शंकर प्रसाद यादवको अध्यक्षता तथा उप-प्रमुख रिमा देवीको विशिष्ट अतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ। सिम्रौनगढ नगरपालिकाका प्रमुख विजय शंकर यादवले राष्ट्रिय झन्डालाई झन्डोतलन गरि कार्यक्रमको उदघाटन गरेका थिए।
 प्रजातन्त्र दिवसको अवसरमा वृक्षारोपण कार्यक्रमको साथै महिला एक दिवसीय क्रिकेट खेल को पनि आयोजना गरिएको थियो। नगर प्रमुख यादवले भने नेपालमा राणा शासनको व्यवस्था हुँदै गर्दा २००७ साल फाल्गुन ७ गतेका दिन नेपालका विभिन्न आदरणीय नेतागणहरुले सँकलप गरेको दिन आज हामीहरुले मनाईरहेका छौ । जुन यो देशमा राणा शासनबाट मुक्त भएर आएको छ । जसरी हामी आज यहाँ उपस्थित भएका छौ यो आज जनताको प्रतिनिधित्व गर्ने शासन व्यवस्थामा उपस्थित भएका छौ , यसलाई नै प्रजातन्त्र भन्छौ । प्रजातन्त्र २००७ साल देखि विभिन्न काल खण्डहरु पार गरि यहाँ आएका छौ।यो शासन व्यवस्था २००७ ,२०१७, २०४६,  र २०६२/२०६३को जनआन्दोलन पछि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थाबाट यो देश चलिरहेको छ। हामीले विगतका दिनलाई किन सम्झिरहेका छौ भने विगतलाई सम्झेर हामीले वर्तमान लक्ष्य सम्म पुग्नको लागी ।
प्रजातन्त्र भएकोले लोक सेवाबाट जनताका छोराहरु आज विभिन्न ठाउँमा, विभिन्न पदमा बसी काम गरिरहेका कुरा स्मरण गराउदै भने देशमा हाम्रो राष्ट्रपति ज्यु हुनुहुन्छ, वास्तवमा यो व्यवस्था नभएको भए यो देशमा हाम्रो राष्ट्रपति हुने वाला थिएन, जुन हाम्रो एउटा जनताको छोरा राष्ट्रपति भएको छ। आज हाम्रो दोस्रो  राष्ट्रपति विधादेवी भन्डारी ज्यु हुनुहुन्छ । यो सबै प्रजातन्त्रको देन हो भन्दै सिम्रौनगढ वासी लगायत सम्पुर्ण नेपालीहरुलाई बधाई दिनु भएको थियो। उक्त कार्यक्रममा विशिष्ट अतिथीमा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगर वडा  सदस्यहरु, ईलाका प्रशासन कार्यालय सिम्रौनगढका प्रमुख ओम बहादुर खड्का , ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक दिपक सुवेदी, सशस्त्र प्रहरी बल गोलागज सिमौनगढका प्रमुख प्रहरी निरीक्षक विष्णु श्रेष्ठ , कंकाली मा.वि.सिम्रौनगढका प्रधानाध्यापक ध्रुव प्रसाद कुश्वाहा, पशु शाखाका डा. अन्सारुलहक अन्सारी, गुडु यादव, नगरपालिका विभिन्न शाखा प्रमुख , वडा सचीवहरु, नगर प्रहरी प्रमुख रबिन्द्र प्रसाद यादव , नगर प्रहरी जवानहरु,विभिन्न सघसस्था, नागरिक समाज, पत्रकार, समाज सेवी, लगायतहरुको उपस्थित रहेको थियो भने उदघोषण शिक्षा शाखा प्रमुख नुर आजम चुरीहारले गर्नु भएको थियो।
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

 

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

 

 

सँम्भार:-cinnepal.com


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0