google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बिउबिजनमा आत्मनिर्भर बनाउन फेटामा बीउ श्रोत केन्द्रको उदघाटन : अध्यक्ष अमिरिलाल

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

कलैया, बारा।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

फेटा गाउँपालिकामा  बीउ श्रोत केन्द्रको उदघाटन भएको छ। बिउबिजनमा आत्मनिर्भर बनाउने उदेश्यले बीउ श्रोत केन्द्रको स्थापना गरिएको हो। उदघाटन कार्यक्रमका प्रमुख अतिथि गापा अध्यक्ष अमिरिलाल प्रशादले आफ्नो मन्तव्य राख्दै भने नेपालको मुख्य कृषि उत्पादनका लागि तराइ रहेको र नेपाल हाम्रो कृषिप्रधान देश भए पनि कृषकका लागि चाहिने आधारभुत कुराहरु नेपाल सरकारले पूरा गर्न नसकेको कारण हाम्रो पालिकाका कृषक निकै नै मारमा रहेकोले अब कृषक लाई गुणस्तरीय बिउबिजनको समस्या नहोस् भन्ने धारणाका साथ आत्मनिर्भर बनाउन बीउ श्रोत केन्द्रको स्थापना गरिएको बताए। हालको समयमा हेटौंडा आदिइत्यादी ठाउँ बाट बिउबिजन आयात गरे पनि भरपर्दो उत्पादन गर्न नसकेकोले हाम्रो पालिकाका कृषकले बिउबिजनमा गुणस्तरीयता तथा उचित समयमा उपलब्ध भएर बाली उत्पदनमा वृद्धि हुने जनाए। यस श्रोत केन्द्रका लागि चाहिने आवस्यक आधारभुत आवश्यकता पुरागर्ने अध्यक्ष अमिरिलालले प्रतिबद्धता जनाए।

त्यस्तै विशिष्ट अतिथि प्रधानमन्त्री अाधुनिकीकरण परियोजना कार्यन्वन ईकाई बाराका प्रमुख डाक्टर सुरेन्द्र प्रसाद यादवले शुभकामना दिने क्रममा कृषि क्रान्ति नै आर्थिक क्रान्तिको उपजको आधार भएकोले बीउ श्रोत केन्द्रको निर्माण गरिएको  जनकारी गराए। कृषि उत्पादनमा वृद्धि भएमा मात्र अार्थिक क्रान्ति बाट उधमशिलताको विकास हुने नीति अनुसार बीउ श्रोत केन्द्रको अवधारणा अगाडि बढाइएको डा. यादवले विश्वास व्यक्त गर्नु भयो। सहकारीको उद्देश्य अनुसार लगानी अधिक र जोखिम कम भएको हुनाले लक्ष्य पूरा गर्न सजिलो हुने प्रमुख डा. यादवले बताए। सहकारी बीउ श्रोत केन्द्रको साथ साथै किसान लाई पनि उत्पादनमा वृद्धि गर्न मद्दत पुग्ने भएकोले एक अर्का लाई हातेमालो गर्दै अगाडी बढ्न लाई सुझाव दिएका थिए।

बीउ श्रोत केन्द्रको निर्माण तीन वटा निकाय मिलेर भएको छ।३६ लाख ३२ हजारको त्रिपक्षिय अार्थिक लगानीमा तयार पारिएको हो। प्रधानमन्त्री अाधुनिकीकरण परियोजना कार्यन्वयन एकाई बारा बाट १५ लाख फेटा गाउपालीकाको तर्फबाट १५ लाख एवं छव लाख ३२ हजार नवीनतम कृषि सहकारी संस्था लिमिटेड फेटा १ त्रिवेणीको लागतमा भवन निर्माण गरिएको हो। बीउ श्रोत केन्द्रको उदघाटन एवं नवीनतम कृषि सहकारी संस्था लिम्टेडको सातौ सधारण सभाको संस्थाका अध्यक्ष उदय कुमार ठाकुरको सभापतित्वमा भएको थियो।

उक्त कार्यक्रममा पालिका उपाध्यक्ष कमरून खातुन, दिपक झा, वडा अध्यक्ष जयप्रकाश दास, कार्यपालिका सदस्य विराजमन साह, कृषि शाखाका संजय कुशवाहा, समाजसेवी, किसान तथा संचारकर्मीहरुको सहभागिता रहेको थियोे। कार्यक्रम  सञ्चालन टंकेश कुशवाह गरेका थिए भने स्वागत मन्तव्य संस्थाका सचिव दिपेन्द्र साहले गरेका थिए।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0