सिम्रौनागढ़ सामाजिक संदेश

नेपाल ईन्डो होस्पिटल टि-20 क्रिकेट टुर्नामेन्ट तेस्रो दिनको खेलमा सर्लाहिले ४२ रनले बिजयी

Pacharauta covid new -078
Holi Suvarn 078
Simraun gadh Covid New -078

नेपाल ईन्डो होस्पिटल टि-20 क्रिकेट टुर्नामेन्ट तेस्रो दिनको खेलमा सर्लाहिले ४२ रनले बिजयी

अनिल पाण्डेय
कलैया बारा
बाराको प्रसौनि गाँउपालिका वडा नम्बर दुईमा सँचालन भएको टि-20 क्रिकेट टुर्नामेन्ट को आयोजना 11 स्टार क्रिकेट क्लब प्रसौनि बाराले गरेको छ भने स्पोन्सर राष्ट्रिय बाणिज्य बैंक प्रादेशिक कार्यालय र नेपाल ईन्डो होस्पिटलले गरेको नेपाल ईन्डो होस्पिटल टि-20 खेलको तेस्रो दिनको खेल सर्लाहि क्रिकेट क्लब र 11 स्टार क्लब बारा बिच भएको थियो। सर्लाहि क्रिकेट क्लबले टस जिति बयाटिङ्ग गरेका थिए।
२० ओभरको खेलमा सर्लाहि क्रिकेट क्लबले ९ बिकेट गुमाई १७० रन बनाएका थिए भने प्रतिउत्तरमा  11 स्टार क्लब बाराले १९ ओभरमा आफ्नो सम्पुर्ण बिकेट गुमाई १२८ रन मात्र  बनाउन सफल भएको थियो। भने सर्लाहि क्रकेट कल्ब ४२ रनले बिजयी भएको छ।
 म्यान अफ दि म्याज सर्लाहि क्रिकेट कल्बका सुबास पँडित भएका थिए। म्यान अफ दि म्याज पुर्ब साँसद लालबाबु सिंहले बितरण गर्नु भएको थियो।
नेपाल ईन्डो होस्पिटल टि -20 क्रिकेट टुर्नामेन्ट  खेलको तेस्रो दिनको खेल  उद्घाटन प्रमुख अतिथि पुर्ब साँसद लालबाबु सिंहले गर्नु भएको थियो भने बिशेष अतिथि नेपालि काँग्रेसका क्षेत्रिय अध्यक्ष प्रभु दास हुनु हुन्थ्यो। 11 स्टार क्रिकेट क्लब प्रसौनि बाराको अध्यक्ष अतिन्द्र राउतको सभापत्यिमा सम्पन्न कार्यक्रम सँचालन त्रिपुरारी राउतले गरेका थिए।
नेपाल ईन्डो होस्पिटल टि -20 क्रिकेट टुर्नामेन्ट खेलको चौथो दिनको खेल डायमण्ड योङ्ग क्रिकेट क्लब पटना बिहार र रौतहट क्रिकेट क्लब बिच हुने जानकारी आयोजक 11 स्टार क्रिकेट क्लब प्रसौनि बाराको अध्यक्ष अतिन्द्र राउतले दिनु भएको छ।
सँम्भार:-cinnepal.com
Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.