सिम्रौनागढ़ सामाजिक संदेश

संखुवा प्रसौनी गाँउपालिकामा नेकपाको बैठक सम्पन्न, कार्यकर्तालाई निर्वाचनको तयारीमा जुटन केन्द्रिय सदस्य गुप्ता निर्देशन

Pacharauta covid new -078
Holi Suvarn 078
Simraun gadh Covid New -078

वीरगंज – नेपाल कम्युनिष्ट पार्टी संखुवा प्रसौनी गाँउपालिकाको बैठक आज सम्पन्न भएको छ । गाँउपालिका कमिटी अध्यक्ष बासुदेव महतो थारु अध्यक्षतामा सम्पन्न बैठकले निष्कृय सचिव एवं सदस्यहरुलाई परिर्वतन गरि नयाँ सचिव र सदस्य थप गरेको छ । बैठकले यस अघि गाँउपालिका सचिवको पदमा रहेका कन्हैया साह तेलीको ठाँउमा चन्दन सहनीलाई नियुक्त गरेको छ ।बैठकले ८५ सदसीय कमिटी निर्माण गरेको छ । बैठकलाई सम्बोधन गर्दै संबिधान सभा सदस्य एवं नेकपाका केन्द्रिय सदस्य राजकुमार गुप्ताले प्रधानमन्त्री ओलीलाई घेराबन्दी गरी मुलक र संघियतालाई समाप्त पार्ने षड्यन्त्र भएकोले सदन बिघटन गर्नुपरेको जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले जनताको नासो जनतालाई नै सुम्पेको बताउदै निर्वाचनको तयारीमा लाग्न सम्पुर्ण कार्यकर्ताहरुलाई नेता गुप्ताले निर्देशन दिनुभयो । प्रधानमन्त्रीले चालेको कदम संवैधानिक र देशको हितमा भएको बताउदै निर्वाचनको सामना गर्न प्रचण्ड र माधव नेपाललाई आग्रह गर्नुभयो । अधिवेशन र निर्वाचनको सामना गर्न नसक्नेले प्रचण्ड नेपाल पक्षले बिधि र पद्यतिको कुरा गर्नु हास्यास्पद भएको बताउनुभो । प्रमुख अतिथी समेत रहनुभएका गुप्ताले ओलीको पक्षमा कार्यकर्ता र जनताको उत्साह देखेर खुशी लागेको बताउदै अगामी निर्वाचनमा ओलीको पक्षमा दुई तिहाई भन्दा बढि मत आउने ठोकुवा गर्नुभयो । उहाँले सरकारले गरेका राम्रा कामहरु बारे जनतालाई जनकारी गराउन घरदैलो अभियान र संगठन बिस्तारमा जोड दिन नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । यसैगरी आजै सम्पन्न बैठकलले बासुदेव महतोको अध्यक्षतामा ९ सदसिय सचिवालय कमिटी गठन गरेको छ । कमिटीको सचिवमा चन्दन सहिनी,सदस्यहरुमा यशवन्त यादव, समिकपुर गिरी,हरिन्द्र दास,नुरहसन अंसारी, शिव ओझैया, जदु साह तेली,अनुरुद्ध कुर्मी रहनुभएको छ । बैठकले पुस १८ गते श्रीपुर पाँचगवामा अर्को बैठक बस्ने निर्णय गरेको छ । वडा नम्बर ५ सिद्धपुरमा सम्पन्न बैठकमा जिल्ला कमिटी सदस्य सजिव मिश्रा, युवा संघ पर्साका अध्यक्ष महम्द निजाम, नेकपा युवा नेता हनिफ मियाँ, यशवन्त यादव,शिवजि ओझैया थारु, छोटेलाल पासवान, जदु साह, पारस महतो थारु, अनिरुद्ध राउत,वृजकिसोर साह , श्याम सुन्दर दास थारु, रामबहादुर यादव, हरिन्द्र दास थारु, महमद आरिफ, रामनाथ थारु, सिपाही अंसारी , अलिअकबर अंसारी, छटु पटेल, गौरी प्रसाद यादव,नुरुलाल्ह अंसारी लगायतको उपस्थिती रहेको थियो।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.