छठको उपलक्ष्यमा व्रतालुहरुलाई सासंद यादव द्वारा तेस्रो दिन पनि साड़ी वितरण


वीरगन्ज, मङ्सिर ५ । पर्सा निर्वाचन क्षेत्र न. १ का सांसद प्रदिप यादवले आज तेस्रो दिन पनि निरन्तर छठ ब्रतालुहरुलाई साडी वितरण गरेका छन् ।
३ गते छठको पहिलो दिन नहाये खाए देखि सुरु भएको साडी वितरण कार्यक्रम छठ पर्वको अवसरमा सांसद यादवले आफ्नो संसदीय निर्वाचन क्षेत्र न.१ बिरगंज महानगरपालिकाको विभिन्न वडाहरुमा आज पनि आयोजना गरिएको कार्यक्रममा छठ ब्रतालुहरुलाई साडी वितरण गरेका हुन् । हरेक वर्ष झै यस वर्ष पनि बिपिन्न एकल महिला एवं आवस्यक छठ व्रतालुहरु लाई साड़ी वितरण गरिएको सांसद यादवले बताए।

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत रहेका सांसद यादवले छठ पर्वले देशमा शान्ति एवम समृद्धिको बाटोमा अग्रसर होस भन्ने कामना गरेका थिए । छठ पर्व को तेस्रो दिन मुख्य सुर्य देवलाई अराग दिने बेला नया लुगा लगाउने चलन र विश्वास रहेकोले बिपिन परिवार मा आर्थिक आभाव को प्रभावमा पर्व मनाउन कुनै किसिमको बाधा न पुगोस भने उदेश्य साथ वितरण गरिएको बताए ।
साथै सांसद यादवले छठको शुभकामना दिदै माता छठीले सबको कल्याण गरुन जग को कल्याण गरुन र विश्व महामारी बाट सबैलाई रक्षा गरुन भने कामना गर्दै सुरक्षित रुपले पर्व मनाउन अनुरोध गर्नु भएको थियो ।
वार्ड न.२,१३,२१ लगायत को वडाहरुमा ३०० साडी वितरण गरिएको स्वकीय सचिव निखिल बरनावालले बताए ।