google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

औषधि पसलेले चिनि भित्र लुकाई ल्याएको लागुऔषध सहित पक्राउ

औषधि पसलेले चिनि भित्र लुकाई ल्याएको लागुऔषध सहित पक्राउ

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

पवन शाह
बिराटनगर / चिनि भित्र लुकाई नेपाल तर्फ़ ल्याईरहेको लागुऔषध सहित एकजना अस्पताल कर्मचारीलाई सशस्त्र प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएका छन ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बखरी बाट दरैयामा खटेको सप्रसनी बिनोद मन्डलको कमाण्डमा खाटेको टोली र लागुऔषध नियन्त्रण ब्यूरो को संयुक्त टोलीले चिनि भित्र लागुऔषध डाईलेक्स डिसी १ सय एम.एल. को १५ सिसि पक्राउ गरी आवश्यक अनुसन्धान तथा कार्वाहीको लागी लागुऔषध नियन्त्रण ब्युरोलाई जिम्मा दिएका छन । लागुऔषध पक्राउ परेका सहित पक्राउ परेका व्यक्ति बिराटनगर १४ बस्ने वर्ष ३२ को दयाराम यादव रहेको र यादव आफ़ुलाई बिराटनगरको एक अस्पतालमा कार्यरत कर्मचारी रहेको बताएका छन ।

बेला बेलामा अस्पताल कर्मचारी हु भनि सिमावर्ति एरियामा देखापरिरहने र कहिले कुनै औषधि बिराटनगरमा नपाएर ईमर्जेन्सी बताई त कहिले घरायसी प्रयोजनको लागी केही सामग्री लिन भनि सिमा छेउछाउ आउने गरेको हो । सोही क्रममा आइतवार बिहान ११:४५ बजेको समयमा घरायसी प्रयोजनको निम्ति भनी १० किलो चिनि र एक प्याकेट भुजिया लिएर आउदै गर्दा चिनि भित्र लुकाई ल्याएको लागुऔषध सहित प्रहरीको फ़न्दामा परेका हुन । प्रहरीले अनुसंधान गर्दा बिराटनगर को हस्पिटल चौकमा रहेको गोल्डेन अस्पताल प्रा.ली. मुनिको सटरमा यादवको प्रथम फ़ार्मेर्सी नामको औषधि पसल रहेको खुलेको छ । यसरी भारत बाट लागुऔषध नेपाल ल्याएर आफ़्नो पसल बाटै बिक्रिबितरण गर्नेगरेको खुलेको छ ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0