सिम्रौनागढ़ सामाजिक संदेश

सशस्त्र प्रहरीहरु द्वारा अवैध सामान पक्राउ गर्ने प्रतिश्प्रधा, फेरी लाखौको अवैध कपडा बरामद

सशस्त्र प्रहरीहरु द्वारा अवैध सामान पक्राउ गर्ने प्रतिश्प्रधा, फेरी लाखौको अवैध कपडा बरामद

Pacharauta covid new -078
Holi Suvarn 078

पवन शाह
बिराटनगर / अवैध रुपमा भरिया प्रयोग गरी लोकि छिपि भन्सार छली नेपाल ल्याउदै गरेको कपडाहरु सशस्त्र प्रहरी टोलीले बरामद गरी भन्सार दाखिला गरेका छन ।

Simraun gadh Covid New -078

सिमामा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्टहरु सक्रिय भैइ लागेको बेला तस्करहरुले थोरै परिमाणको कपडा बोकाएर धेरै भरिया प्रयोग गर्नेगरेको छ । सोहि क्रम्मा बिराटनगर १६ को दरैया बस्ति बाट उखु बारीको को बाटो भएर लाने गरेको कपडाहरु सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बखरीको टोलीले १ लाख बढीको कपडाहरु पक्राउ गरेको हो । बरामद गरिएको कपडाहरुमा बच्चाको कुर्ता सुरुवाल सेट, टप सेट, सल, टप्स पिस , कुर्ता सुरुवाल सेट सहित कपडा बोक्ने भरिया ले चोडेर भागेको एक थान सामसुंग जे सेभेन मोबाइल सेट सहित पक्राउ गरि भन्सार दाखिला गरेको छ । उक्त सामानहरु भन्सार दाखिला गर्दा को भन्सार मुल्यांकन १ लाख ७ हजार ४ सय रुपैया भएको सप्रउ तीर्थ पौडेलले बताउनुभयो ।

दशै तिहार को माहोलमा नेपालमा कपडाहरुको माग बढी भएकोले तस्करहरु सक्रियता साथ अवैध धंधामा लागिपरेको बेला सशस्त्र प्रहरी बल को बिओपिहरु सक्रियता साथ अवैध सामानहरु पक्राउ गर्ने प्रतिश्प्रधा गरिरहेको बेला धेरै तस्कर ब्यापारीहरु पलायनको स्तिथि सृजना भैइसकेको बुझ्न सकिन्छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट रानी, बखरी, जहदा भुटाहाको टोलीले निरन्तर निगरानी कडाई गरेपछी कार्तिको आधा महिनामै ठुलो परिमाणमा लता कपडा, लागुऔषध लगायत अन्य सामग्रीहरु भन्सार दाखिला गर्न सफ़ल भएको छ ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.