प्रहरीविरुद्ध जनता समाजवादी पार्टीको कलैयामा प्रदर्शन


अनिल पाण्डेय, कलैया बारा।




तस्करीको लाईन दिएको र ईलाका प्रहरी कार्यालय कबहि गोढले पैसा कमाउने गुनासो धेरै बढेकोले बुधबार भारतबाट ल्याइँदै गरिएको आलु र प्याज प्रहरीले खोसेर कलैयातर्फ लैजाने क्रममा स्थानीयले रोक्न खोजेका थिए। त्यस क्रममा झडप भएको र झडपले ठूलो रुप लिएपछि प्रहरीले एक दर्जनभन्दा बढि फायर गरेको थियो। गोली लागी एक 14 बर्षिय बालक घाइते भएका थिए।
झडपलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो। सोहि हवाई फायरबाट घाईते निरन्जन यादवलाई गोलि लागेको थियो। दस बोरा आलु र प्याज प्रहरीले नियन्त्रणमा लिएर कलैयाबाट प्रहरीको गाडी मगाएर जिल्ला लान खोज्दा झडप तस्करलाई छोडने र किसानलाई समाउने भनेर बिबाद उत्पन्न भएको थियो।
घाईतेलाई कबहि गोढमा उपचार हुन नसकेर बिरगँजको ब्योधा अस्पतालमा उपचार भईरहेको छ। घाईते को स्थिति गम्भिर नै रहेको छ।
सँम्भार:-cinnepal.com