सिम्रौनागढ़ सामाजिक संदेश

मेसु र अध्यक्षको आपसी विबादले अस्पतालको अवस्था नाजुक बन्दै

Pacharauta covid new -078
Holi Suvarn 078

मेसु र अध्यक्षको आपसी विबादले अस्पतालको अवस्था नाजुक बन्दै

अनिल पाण्डेय

Simraun gadh Covid New -078

कलैया बारा

बारा जिल्लाको एक मात्र कलैया अस्पतालमा कार्यरत विकास समितिका कर्मचारीहरुको म्याद नथपिए ,कलैया अस्पताल नै चलाउन मुस्किल हुने भएको छ । कलैया अस्पताल र अस्पताल संचालन तथा व्यवस्थापन समितिको बिच आपसी समझदारी नमिल्दा अस्पताल नै बन्द गर्नु पर्ने अवस्था आउन लागेको स्थानियले बताएकाछन । कलैया अस्पताल बिकास समितिको तर्फ बाट ३० जना पहिलेदेखि नै काम गर्दै आईरहेको र बितेको आर्थिक बर्षमा ज्यालादारीमा ११ जनाको नियुक्ति गरिएको थियो। ज्यालादारीमा नियुक्ति भएकालाई पनि बिकास समिती मार्फत म्याद थप्ने चलखेलमा बाकि सबै अन्योलमा राखिएको छ भनि अस्पताल स्रोतले जानकारी गराएको छ । आ ब ०७६/०७७ को असार मसान्तसम्म नै करार सेवाको कर्मचारीको सेवा अवधि समाप्त भैइसकेकोले पुन : उनीहरुको सेवा अवधी बढाउन तालमेल मिलेको छैन । तत्कालीन अस्पताल बिकास समितिको अध्यक्ष छठु प्रसाद यादवको कार्यकालमा कलैया अस्पतालमा जम्मा ३० जना करार सेवाको कर्मचारी नियुक्ति गरिएको थियो । अहिले आएर अस्पतालको तर्फ बाट ११ जना करार र ज्यालादी सेवाको कर्मचारी थपेर काममा रहेका थिए । कलैया अस्पतालले सबै करार सेवाको कर्मचारीको तलब बेहोर्न नसकेपछी ३० जनाको मात्र सेवा अवधि बढाउन कलैया अस्पतालको मेसु बिरेन्द्र मण्डल बताउछन । हिजो बसेको बैठकले ठोस निर्णय भईसकेको तर म्यानेट बुक नगरेकोले बताउन नमिल्ने मेसु मण्डलले जानकारी गराएकाछन। कलैया अस्पताल र सँचालन समितिको पटकपटक बैठक बसेको भएपनी कर्मचारी नघटाउन प्रयास गरिएको तर निर्णय हुन नसकेको हुनाले कसैकोपनि नविकरण हुनसकेकोछैन। अस्पतालको मेसु र लेखापालले ३० जनाभन्दा अरुको नविकरण नगर्ने अडान लिएको आरोप अध्यक्ष कलवारले लगाएकाछन ।

केहि महिना अगाडि अस्पताल संचालन तथा व्यवस्थापन समिती गठन भएतापनि व्यवस्थापन समितीले हालसम्म कुनै पनि बिकासको काम, कोभिड अस्पताल अनुगमन तथा बाहिर आएको गुनासो समाधान गर्न नसकेको र प्रदेस सरकार तथा केन्द्रिय सरकार बाट आएको बजेट समेत फ्रिज गराएका मेसु अध्यक्ष को आपसी विवादले हामि अलपत्र परेकाछौ भनि नाम उल्लेख नगर्ने शर्तमा दुःख व्यक्त गरेको छ। अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष किशोरी प्रसाद कलवारले हिजोको बैठकमा अाफ्नो नजिक रहेका एक जना अहेबलाई थप गरि ३१ जनालाई थप्न माने पनि मेसु र लेखापालले ३० जना बाहेक कसैको थप्न मिल्दैन थपने भए रकमको जोहो लगाउ ज्यालादारीमा रहेका ११ जनैलाई पनि थप गर्न सक्छौ कुरा न मिलेपछि बैठक बिना निष्कर्ष टुगियो अस्पताल स्रोतले जनकारी गराएकोछ ।

प्रदेश न २ अन्तर्गत रहेको जिल्लाको एक मात्र कलैया अस्पतालमा प्रदेश सरकारले कर्मचारीको तलब बजेट नदिएको कारण अस्पताल बिकास समितिलाई धौ धौ भएको अध्यक्ष कलवारले जानकारी गराए । कार्यरत करार सेवाको कर्मचारीको म्याद नथपिए कलैया अस्पतालको फार्मेसी सेवा , प्रसतुती , ल्याब ,एक्सरे बिभाग प्रभावित बन्ने कलैया अस्पतालका मेसु बिरेन्द्र मण्डलले बताए ।

सँमभार:-cinnepal.com

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.