सिम्रौनागढ़ सामाजिक संदेश

वीरगंज महानगरपालिका वडा नं २१ निवासी इब्राहिम देवान ९ महिना पछि भारतको समस्तीपुरबाट फेला पारी उद्वार

Pacharauta covid new -078
Holi Suvarn 078

वीरगंज महानगरपालिका वडा नं २१ निवासी इब्राहिम देवान ९ महिना पछि भारतको समस्तीपुरबाट फेला पारी उद्वार भएको छ। बिगत केही महिना देखि खोजतलास हुदा हराएका देवान बिहार को समस्तिपुर मा फेला परेका थिए।

Simraun gadh Covid New -078

देवान हराएको जनकारी आएपछी बिरगंज महानगर पालिकाका उपमेयर इम्तियाज आलमको नेतृत्वमा खोज तलाश समिति बनाएको थियो। सो समिती ले ९ महिना देखि हराएका इब्राहिम देवान लाई ९ महिना पछि खोज्न सफल भएको थियो। वीरगंज महानगरपालिका वडा २१ निवासी शाह महमदको छोरा इब्राहिम देवान लाई भारतमा उपचार गर्न लैजाने क्रममा भारतको किछौछा दरगाह सरीफबाट हराएका हुन।

९ महिना पछि भारतको समस्तीपुर जिल्लामा मुमरी धरारी थाना नजिक रुपौली लज् किनारमा बसि रहेको जानकरी पाएपछि वीरगंज महानगर पालिका अन्तर्गत रहेका बालअधिकार समितिको विशेष पहलमा बाल कल्यान अधिकारि साबित्री भन्डारी लाई सुचना पाए लगतै भारतको विभिन्न स्थानहरुमा भएका बाल गृहहरु समन्वय गरि सो ब्यक्तिलाई उदार गरि विरगंजमा मिति ल्याइ परिवार जनलाई हस्तान्तरण गर्ने त्यारी गरेका थिए।

सावित्री भन्डारी ले बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल को रोहबर मा परिवार जन लाई जिम्मा लगाइएको छ। पीडित परिवार जनले बिरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलमलाई धन्यवाद दिदै भने कि तपाईले हामीलाई सहयोग नगरेको भए आज बुवा र छोराको मिलन हुदैन थियोे। साथै बालअधिकार समिति कि साबित्री भन्डारीलाई पनि परिवारजनले धन्यवाद दिएका छन् ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.