सिम्रौनागढ़ सामाजिक संदेश

अनाथालय लाई सहयोग गरि पार्टीको स्थापना दिवस मनाइयो

Pacharauta covid new -078
Holi Suvarn 078

कलैया, बारा।

नगरिक उन्मुक्ति पार्टीको आज पहिलो वर्ष पार गरि दोश्रो वर्षमा प्रवेश गरेको अवसरमा स्थापना दिवस मनाएका छन्। नागरिक उन्मुक्ति पार्टीले एक वर्षमा चाहेको जति सिट हासिल गर्न नसके पनि सन्तुष्टिजनक मत पाएको मधेश प्रदेश संयोजक तथा जिल्ला अध्यक्ष रामचन्द्र चौधरीले बताए। स्थापना दिवसमा अरु पार्टी बाट फरक तरिकाले सदरमुकाममा रहेका अमृता अनाथालयका अध्यक्ष फुलमती बस्नेतको प्रमुख आतिथ्यतामा दिवस मनाइएको हो। अनाथालयमा केही सहयोगीहाथरुका सहयोग बाट खाद्यान्न सामाग्री, किताब, कपि लगायतकाकुराहरु सहयोग गरिएको हो। र साथै बस्नेत लाई सम्मान पनि गरिएको हो।

Simraun gadh Covid New -078

एक सय चार जना स्थानीय देखि संघ सम्म सिट हासिल गर्न सफल भएका छौ, भने आफ्नो धारणा राखेका थिए। पार्टीका शिर्ष नेता रेशमलाल चौधरीले कुनै अपराध नगरे पनि जेलमा र १७ हजार मार्ने आज प्रधानमन्त्री बनेका छन्। यसले सिधा प्रस्ट हुन्छ कि मधेशी मुस्लिम आदिवासी जनजाती तथा थारुमाथी सदियौ देखिको विभेद आज पनि कायम रहेको छ। सयकडौ वर्ष जहानिया राणासासनले शोषण गरे र अब मुठ्ठी भरका नश्लवादी चिन्तन भएका बाउनहरुले शोषित गरिरहेका छन्। जसको फल स्वरुप आज पनि एउटा निर्दोष थारुले जेलनेल काट्न बाध्य भएको अध्यक्ष चौधरीले बाताए।

होटेल हिमानी रेस्टुरेन्ट एन्ड लँजमा मनाइएको स्थापना दिवसको कार्यक्रममा उक्त भावना बाट उत्प्रेरित भएर केही जनाले पार्टी पनि प्रवेश गरेका छन्। पार्टी प्रवेश गर्नेक्रममा सदर मुकाम कलैया उप-महानगरपालिका वडा न. ५का लोकतान्त्रिक समाजवादी पार्टीका अरुण साहको नेतृत्वमा राजु साह, रामपुकार प्रशाद चौरसिया र अभिनास प्रशाद साहले पार्टी प्रवेश गरेका छन्।

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य राधा चौधरी, उर्मिला महतो, जिल्ला सदस्य उमेश प्रशाद, नागेन्द्र यादव, श्रीचन्द्र चौधरी, महेशवर चौधरी, सञ्चारकर्मी रमेश साह, संतोष यादव, उपेन्द्र पासवान लगायत सयौको संख्यामा सहभागिता रहेको थियो।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.