जनमत पार्टी द्वारा भरत चौकमा बलिदानी दिवस


कलैया, बारा।
बारा जिल्लाको सदरमुकाम कलैया उप-महानगरापालिकाको भरत चौकमा १६ वर्ष पूरा भएको अवसरमा बलिदानी दिवस मनाइएको हो। प्रथम मधेश आन्दोलनको आज १६ वर्ष पूरा भएको छ ।

आजकै दिन ५ माघ २०६३ मा प्रथम मधेश आन्दोलन क्रममा मधेशका विभिन्न ठाउमा धेरै जना शहीद भएका थिए । प्रथम बलिदानीको सम्झनामा मधेश केन्द्रित दल र प्रदेश सरकारले माघ ५ गते लाई बलिदानी दिवसको रुपमा मनाउँदै आएको छ ।
२०६३ मा मधेश केन्दृत दलका नेताहरुले अन्तरिम संविधानको प्रतिलिपि जलाए र प्रहरीले उनलाई पक्राउ गरेपछि आन्दोलन सुरु भएको थियो । बलिदानी दिवसको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारसहित मधेश केन्द्रित दलले विभिन्न कार्यक्रम गरि बलिदानी दिवस मनाउँदै छन् ।
शहिदहरु प्रती श्रद्धाञ्जली मैनबत्ती बालेर प्रदेश सभाका प्रत्यासी रौशन खातुनको नेतृत्वमा केन्दृय सदस्य रामबाबु साह, हरि कुर्मी, सन्तोष पटेल, विजय गुप्ता, गजानन्द यादव, रामाशंकर कुश्वाहा, नगिना देवी जैस्वाल, फिरोज अंसारी, मुरारी सरार्फ, रामा शंकर कुशवाहा, गजेन्द्र चौधरी, मंगल प्रशाद साह, भागिरथ पटेल, मुनिस्टर प्रशाद साह, राजु साह,