नरेश गुप्ता , भाद्र २७ ।
नेपाल सरकारले जारी गरेको निशेधज्ञामा पशु चौपाया पशुपंक्षिहरु खान नपाएर सडकमा भोतारिदै रहेका छन । कोरोना कोभिड १९ को संक्रमण संगै देशमा लागू गरिएको लक डाउन , निशेधज्ञाले पशु चौपायाहरु सार्वजनिक सडक , मठ मन्दिर ,गुम्बा , पार्टी पौवामा खान नपाएर यत्रतत्र भेटिएको अवस्था रहेका छन ।
लक डाउन अगाडि मठ मन्दिर ,सार्वजनिक स्थल , बजारमा रहेका पशु चौपायालाई भक्तजनहरुले केही खानेकुरा दिने गर्थे तर अहिलेको अवस्थामा पशुपंक्षी चौपायाहरुलाइ स्थानीय तहले खानेकुराको ब्यवस्थापन नगरेपछि उनिहरु यत्रतत्र खानेकुराको खोजिमा देखिन्छ । यस्तो अवस्थामा पशुपंक्षी , चौपायालाई समेत सरोकारबालाले खानेकुराको ब्यवस्थापन गर्न हुमैन सोसाइटी ईनटरनेशल सोसाइटी नेपालको अध्यक्ष तनुजा बस्नेतले सबैलाई सहयोग गर्न अपिल गर्नु भएको छ ।
पशुसेवा बिभाग हरिहर भवन ललितपुर , पशु कल्याण संघ नेपाल , हुमैन सोसाइटी ईनटरनेशल नेपालले संयुक्त रुपमा बिपतको घडिमा रहेको पशुपंक्षी ,चौपायालाई खानेकुराको ब्यवस्थापन गर्न समबन्धित निकाए संग आग्रह गर्नु भएको छ ।
बारामा जारी निशेधज्ञाले सार्वजनिक स्थल कलैया बजार , रामजानकी मन्दिर , बेलपाती मन्दिर , गढीमाई मन्दिर , सिमरौनगढ बजार स्थित कंकाली मन्दिर , लगायतको स्थानमा रहेको बांदर , कुकुर , छाडा चौपायालाई स्थानीय तह सरोकारबाला निकाएले समयमै खानेकुरा बन्दोबस्त गर्न सबै अपिल गरिएको हुमैन सोसाइटी ईनटरनेशल नेपालको अध्यक्ष तनुजा बस्नेतले बताईन ।
सँम्भार:- cinnepal.com