सिम्रौनागढ़ सामाजिक संदेश

आत्मदाह बारे आधी घण्टा मौनधारण

Pacharauta covid new -078
Holi Suvarn 078

कलैया, बारा।

देशको बेथिती तथा बैंकहरुको यातनाका कारण आत्म दाह गरेका प्रेम प्रसाद आचार्य तथा रामदेव मरिक लाई श्रद्धाञ्जली दिन बारा जिल्लाको सदरमुकाम कलैयाको भरतचौकमा युवा नेताहरु तथा समाजसेविहरुले आधी घण्टा मौन धारण गरेका छन।

Simraun gadh Covid New -078

आत्मदाह भनेको हाम्रो सिंङ्गो देशको अस्मित्ता माथी ठाडो कलंक लागेको बारे चरितार्थ गरेको भन्दै मौन धारण गरिको युवा नेताहरुले जनाएका छन। देशमा लुट्न सके लुट कान्छा गीत लाई सत्यापित मात्र नगरी ठूलो प्रमाण समेत पुष्टि गरेकोले अब हाम्रो देशमा यस्तो अवस्था बारे सरकार तथा जिम्मेवार निमायहरु लाई सम्वेदनशिल हुन अति आवस्यक रहेको युवा नेताहरुले धार्णा राखेका छन।

नया नेतृत्वका सरकारले यसबारे गम्भिर रुपमा यसको छानबिन गरि तीन वटै सरकार लाई कानुन परिमार्जित गर्नु परे, गरेर सुधार गर्न युवानेताहरुले जोरदार मांग गरेका छन। आफ्नो गोजिको स्वार्थ, नातावाद, कृपावाद लाई अन्त्यगरी अगाडि बढ्न सुझाव सल्लाहका साथ युवा नेताहरुले आग्रह गरेका छन।

मौनधारण कार्यक्रममा संविधान सभा सदस्री प्रमोद गुप्ता, डा. सुशील साह, शिवनाथ पटेल, जंगबहादुर चौरसिया, दिलिप अग्रवाल, संम्भु गुप्ता, शिवजी साह, प्रभुनाथ पटेल, सुनिल दास लगायतका नेताहरुले सहभागी रहेका थिए।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.