google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बीरगंज, पर्सा ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
  • “(आजादी का अमृत महोत्सव” (भारत @75) अन्तरगत तथा विश्व साइकल दिवस मनाउन लाई वीरगन्जमा भारतीय महावाणिज्य दूतावासले 04 जुन, 2022 मा साइकल र्‍यालीको आयोजना गरि मनाएका छन्। र्‍याली दुई विधामा आयोजना गरिएको थियो– एउटा व्यावसायिक र अर्को एमेच्योर साइकल यात्रीका लागि रहेको थियो।

    2. व्यावसायिक विधामा महावाणिज्यदूत, स्थानीय जनप्रतिनिधि, बीरगंज साइकल यात्री संघका सदस्यसहित २५ जना साइकल यात्रीको सहभागिता रहेको थियो । उक्त रैली साढे ५ बजे सुरु भएको थियो र सीजीआई बीरगंज देखि बाराको गढीमाई मन्दिर तथा फिर्ता ४० किलोमिटरको दुरी यात्रा गरेको थियो।

  • 3. एमेच्योर साइकल र्‍यालीलाई सोही दिन ७ बजे महावाणिज्यदुत द्वारा झण्डा देखाएर शुभारम्भ गरिएको थियो जसमा स्थानीय प्रशासन, पत्रकार, नागरिक समाजका सदस्य तथा वाणिज्य दूतावासका पदाधिकारी तथा कर्मचारीहरुको प्रतिनिधित्व गरी करिब १०० साइकल यात्रीको सहभागिता रहेको थियो । उक्त र्‍याली करिब १२ कि.मी.को रहेको थियो जुन महावाणिज्य दूतावास, पावर हाउस चोक, ICP गेट, घण्टाघर, माइस्थान, आदर्शनगर, अलखियामठ, पुरानो बसपार्क र घरिअर्वा पोखरी हुँदै फेरी वाणिज्य दूतावास पुगी समाप्त भएको थियो ।

  • 4. वाणिज्य दूतावास द्वारा ६ महिनाको अवधिमा आयोजना गरिएको यो दोस्रो साइकल र्‍याली हो । र्‍यालीको उद्देश्य शारीरिक तन्दुरुस्ती र सन्तुलनको सन्देश फैलाउने र साइकल चलाउनु वातावरणमैत्री मात्र नभएर उत्कृष्ट व्यायाम र सस्तो यातायात पनि हो भन्ने सन्देश दिने रहेको थियो । र्‍यालीले भारत र नेपालका जनताबीचको द्विपक्षीय सम्बन्धलाई पनि मजबुत बनाएको छ ।

 

 


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0