सिम्रौनागढ़ सामाजिक संदेश

जगदीश गोयन्का प्रतिष्ठान द्वारा कम्बल बितरण

जगदीश गोयन्का प्रतिष्ठान द्वारा कम्बल बितरण

Pacharauta covid new -078
Holi Suvarn 078

धनुषा / प्रदेश सांसद माननिय रामअशिष यादवको प्रयासमा समाजसेवी तथा जगदीश गोयन्का प्रतिष्ठानको अध्यक्ष रबी गोनेका ले प्रदेश सरकार नीती आयोगको उपाध्यक्ष प्रा डा भोगेन्द्र झा को प्रमुख आतिथ्यतामा एक समारोहका बिच धनुषा, औरहीको बिक्रमपुरमा दलित विपन्न समुदायलाई लक्षित गरी ६५ थान न्यानो कम्बल वितरण गरेको छ ।

Simraun gadh Covid New -078

नीती आयोगको उपाध्यक्ष प्रा डा झाले समाजिक रुपान्तरण गर्न दूरदर्शी नेतृत्वको आवश्यकता रहेको बताउनुभयो । मा. राम आशिष यादवले आफु हमेसा पछाडि परेका र पारिएकाहरुको साथ रहेको, समाजको बिकास गर्न अशिक्षा र गरिबी बाधक रहेकोले यसलाई दूर गर्न आफू हमेसा प्रयासरत रहने बताउदै आफ्नो स्थानबाट सक्दो सहयोग गर्ने, आफ्नो सानो अनुरोधमा जगदीश गोयन्का प्रतिष्ठानले गरेको कम्बलको सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै बिधा दान महाअभियान अन्तर्गत बालबालिकालाई स्कूल पठाउन अभिभावकहरुलाई अनुरोध गर्दै १०० कपी समेत बितरण गर्नुभएको छ ।

उक्त कार्यक्रममा विरुवा रोपणबाट आय आर्जनका साथै पर्यावरण संरक्षणमा समेत योगदान हुने भएकोले हरेकले जुनसुकै अबसरमा वृक्षारोपण गरी संरक्षण गर्न सुरेश शर्माले सबैलाई अनुरोध गर्नु भएको छ । सोही स्थानमा ५० थान फलफूलको विरुवाहरु समेत बितरण गरिएको छ ।
स्वच्छता अभियानी अमित झा ले संचालन गरेको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरिक्षक किसोर दहाल, प्लाष्टिक मुक्त अभियानका अभियानी कृष्ण चन्द्र , वन प्राबिधिक मित्र राम चरित्र यादव, जसपा प्रदेश सदस्य विजय भगत, जिल्ला अध्यक्ष पशुपती यादव, उपाध्यक्ष अम्बु साह, हबिब मन्सुरी, पुर्व गाविस अध्यक्ष बिगुल यादव, दलित समाज उत्थानका अध्यक्ष देवनारायण दास लगायत स्थानीय हरुको उपस्थिती रहेको थियो ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.