उदय तिवारी, रौतहट।
रौतहट जिल्लामा श्रावण २४ गतेदेखि ३१ गतेसम्मलाई जारी निषेधाज्ञालाई आज जिल्ला प्रशासन कार्यालयले एक पत्रजारी गर्दै जनााएको छ।
भदौ ७ गते सम्म निषेधाज्ञालाई निरंतरता दिइएको छ। रौतहट जिल्लामा कोभिड १९ को सन्क्रमितहरुको संख्या दिनानुदिन बढदै गइरहेको र संक्रमण जोखिमकाे सम्भावना समेत उच्च रहेकाले आज श्रावण ३१गते बसेको जिल्ला सुरक्षा समितिको निर्णयानुसार मिति २०७७/५/०१ गते देखि भदै ७ गते राती १२ बजे सम्म निरंतरता दिइको छ।
थप गरिएको निषधाज्ञाको अवधीमा आम नागरिकहरु लाई अति आवश्यक उपभोग खाद्यान्न समाग्री आपूर्ति सहज बनाउन मिति २०७७/५/०१ गते सोमबार ,३गते बुधबार र ५ गते शुक्रबार का दिन बिहान ६ बजे देखि बिहान ९ बजे सम्म निम्न शर्तहरुको पूर्ण परिपालना गरि / गराइ अति आवश्यक उपभोग खाद्यान्न पसलहरु खोल्न दिइने व्योहोरा संबंधित सबैमा जानकारीको लागि जिल्ला प्रमुख अधिकारी ईन्द्रदेव यादवले अनुरोध गरेका हुन्।
शर्तहरु
- क.बिक्रेता तथा उपभोक्ता हरुले सेनिटाइजर, मास्क तथा पन्जाको अनिवार्य प्रयोग गर्ने
- ख. मास्क नलगाइ आउने ब्यक्ति/उपभोक्तलाई खाद्यान्न वस्तु बिक्री बितरण नगर्ने।
- ग. बिक्रेताले अनिवार्य रुपमा भौतिक दूरी कायम हुने गरि मात्र बिक्री वितरणको व्यवस्था मिलाउने।
उपरोक्त अनुसारको स्वास्थ्य सुरक्षा मापदण्ड उलंघन गर्ने/गराउने वा कार्याव्यनमा अवरोध गर्ने ,गराउने माथी संक्रमण एन २०२० तथा स्थानीय एन २०४८ बमोजिम कार्यवाही गरिने व्योहोरा समेत जानकारी गराइएकाे छ।
सभार cinnepal.com