सिम्रौनागढ़ सामाजिक संदेश

नेपाल युवा परिषद सुदूपश्चिम प्रदेशको युवा सम्मेलन सम्पन्न

0
Devatal chhath 078

दार्चुला – नेपाल युवा परिषद सुदूपश्चिम प्रदेशको युवा सम्मेलन सम्पन्न भएको छ । सुदुरपश्चिका नौ वटै जिल्लाका झण्डै १ सय जना युवाहरुको सहभागितामा अनलाईन माध्यमबाट सम्मेलन भएको हो । युवा सम्मेलनमा सुदरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव शंकर प्रसाद खरेलको प्रमुख आतिथ्यता तथ नेपाल युवा परिषद सुदूरपश्चिम प्रदेश सयोजक बसन्ती सापकोटाको अध्यक्षता युवा सम्मेलन सम्पन्न भएको छ ।

फेटा गापा सामाजिक संदेश ०७८

प्रदेश युवा सम्मेलन २०२० को सम्मेलन अनलाईन माध्यमबाट संचालन भएको जिल्ला नेपाल युवा परिषद दार्चुला जिल्ला सयोजक भुपेन्द्र सिह विष्टले बताउनु भयो ।यस्तै सुदुरपश्चिमका प्रत्येक जिल्लाबाट कम्तिमा ५ जना महिला तथा ५ जना पुरुषको अनलाई माध्यममा सहभागीता रहेको थियो ।युवाहरुलाई नेतृत्व क्षमता विकास,सुसासन, जयवाय परिवर्तन, कृषिमा युवा उद्यमशिलता, दिगो विकास लक्ष्य र दिगो पर्यटनलाई मुख्य उद्वेश्यका साथ भेलाको आयोजना गरिएको हो । सम्मेलनमा युवा तथा खेलकुद मन्त्रालयका पदम राज जोशी र बैजन्ती गिरी युयडिपिका प्रदेश प्रमुख,नेपाल युवा परिषद सल्लाहका रञ्जन कोईरा,उद्योग बाणिज्य संघ कैलालीका उपाध्यक्ष पुष्कर ओझाको पनि सहभागिता थियो ।

विश्रामपुर गापा सामाजिक संदेश ०७८
परवानीपुर गापा सामाजिक संदेश ०७८
प्रसौनी गापा सामाजिक संदेश ०७८
Suvarngaupalika Chhath 078
Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.