google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

कलैया, बारा।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका बारा २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार उपेन्द्र यादवले संघीयता र लोकतन्त्रको रक्षाका लागि आमजनताले परिवर्तनको पक्षमा मतदान गर्नुपर्ने बताएका छन् ।

महागढी नगरपालिकामा सोमबार आयोजित जनता दर्शन कार्यक्रमहरु लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । संघीयता र लोकतन्त्र नै समाप्त पार्ने खेल भईरहेकोले प्राप्त उपलब्धीहरुलाई गुम्न नदिन त्यस विरुद्ध एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिँदै उनले भने ‘विरोधी शक्तिहरुले प्राप्त उपलब्धी लाई समेत समाप्त पार्न खोज्दैछ, त्यसैले बारा २ का जनताले परिवर्तनको पक्षमा र प्राप्त उपलब्धिहरुको रक्षाका लागि मतदान गरेर मुहतोड जवाफ दिनै पर्दछ ।’
परिवर्तन देख्न नचाहने कुतत्वहरूले फेरि राजा ल्याउने षडयन्त्र गरिरहेकोले संघीयता माथि प्रहार गरेर अगाडि बढ्न दाउमा रहेको कुरा आमजनताले बुझ्नुपर्ने उनले बताए ।

जसपा अध्यक्ष यादवले जातीय द्वन्द्व सिर्जना गरी संंघीयता समाप्त गराउने खेलमा लागि परेकाहरुलाई जनताले राम्रोसँग चिन्नुपर्नेमा जोड दिए । अहिले सामाजिक रूपान्तरणको आवश्यकता रहेकोले नेपालमा आर्थिक परिवर्तनको लागि कृषि क्रान्तिको लागि सिंचाई, मल, बीउबीजनको सहजताका साथै कृषिमा आधुनिकीकरण गरि कृषिलाई सबल बनाईए मात देशको अर्थतन्त्र बलियो हुने अध्यक्ष यादवले बताए ।

हरेक क्षेत्रका मधेशी समुदायको प्रतिनिधित्व र पहुँच न्यून रहेको कुरालाई महशुस गर्दै मधेश विद्रोह गरेको स्मरण गर्दै उनले मधेश आन्दोलन लोकतान्त्रिक आन्दोलनकै पुरक आन्दोलन भएको बताए । हरेक क्षेत्रमा महिला, जनजाति, आदिवासी, मधेशी मुस्लिम लगायत पछाडि पारिएका समुदायको अधिकार सुनिश्चितता मधेश आन्दोलनबाटै भएको जसपा अध्यक्ष समेत रहेका उम्मेदवार यादवले दावी गरे । लोकतान्त्रिक आन्दोलनकै उपलब्धीका कारण नेपालको पहिलो मधेशि राष्ट्रपति र उपराष्ट्रपति मधेशी समुदायले पाएको उनले चर्चा गरे ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

कार्यक्रममा नेपाली काँग्रेसका पुर्व मन्त्रि तथा नेता अजय प्र. चाैरसिया ,ने.काँ. जिल्ला अध्यक्ष राजेश यादव, नेता प्रमोद गुप्ता लगायतले मधेश र मधेशीको पहिचानको लडाई लड्न अझै बाँकी रहेकोले भ्रमजालमा नपरी मधेश विद्रोहका नायक उपेन्द्र यादवलाई भारी मतले जिताउन समेत आग्रह गरे ।ं


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0