वार्षिक केन्द्र प्रमुख गोष्टि तथा वित्तीय साक्षरता अभिबृद्धि कार्यक्रम कलैयाको दास गेष्ट हाउसमा
कलैया, बारा।
वार्षिक केन्द्र प्रमुख गोष्टि तथा वित्तीय साक्षरता अभिबृद्धि कार्यक्रम कलैयाको दास गेष्ट हाउसमा गरिएको हो। मेरो माइक्रोफाइनान्स लघुवित वित्तीय संस्था लिमिटेडको आयोजनामा गोष्टि गरिएको हो। उक्त संस्था संग आबद्ध रहेका सेवाग्राहीहरु लाई भेला गराई कार्यक्रम गरिएको हो।
संस्थाका ब्रान्च मैनेजर (शाखा प्रमुख) दिपक कुमार कुशवाहाको अध्यक्षता तथा संस्थाका केन्द्रिय कार्यालयका प्रतिनिधि इश्वर अचार्यको प्रमुख आतिथ्यता एवं विशिष्ट अतिथि कमल घिमिरे लगायतको सहभागितामा कार्यक्रम गरिएको हो। कार्यक्रममा सेन्टर न. ९६ के सुनिता यादव र विवेका चौधरीले आस्था गाण प्रस्तुत गरेकी थिन।
कार्यक्रममा संस्थाको प्रगति तथा जन सेवाग्राहीहरु लाई फाइदाको बारे विस्तारमा व्याख्या गरिएको हो। तत पश्चात् पानसमा दिप बालेर प्रमुख अतिथि अचार्यले कार्यक्रम उद्घाटन गरेका थिए। त्यस पछी सबै सहायक केन्द्रका प्रमुख हरुले आ-आफ्नो अनुभव तथा कामकर्तव्य बारेमा एक-अर्का संग साटासाट गरेका थिए।
कार्यक्रममा स्वागत मन्तव्य ध्रुव प्रशाद कोइरालाले गरेका थिए भने कार्यक्रम सञ्चालन राजकुमार बैठाले गरेका थिए।