google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बाराको कलैयामा रहेको प्रदेशिक अस्पताल सुधिर्दैन सेवाग्राहीको गुनासो रहेको छ । अस्पतालमा उपचार गर्ने समाग्री र जनशक्ति हुदा हुँदै विमार भई आउने व्यक्तीहरूलाई उपचार नगरी बाहिर लैजानु भनेर पठाउने गरेको कलैया उपमहानगरपालिका वडा नम्वर २ का अरूण यादवले आरोप लगाएका छन ।             उपचार गराउने आउने व्यक्ति पिडाले पिरोलिए पनि काममा खटेका डाक्टर र अन्य कर्मचारीहरू गैर जिम्मेवार भई आफ्ना सुरूरमा बसेका हुन्छ सोध्दा यहाँ उपचार हुन सक्दैन बाहिर लैजानु भनेर जवाफ दिने गरेको यादवको गुनासो रहेको छ ।                   आफ्नो आमाको खाउ भएको उपचार गराउन पुग्दा ईमेरजेन्सीमा रहेका डाक्टर प्रेम साहले समस्या नै नबुझि आज चेक हुन सक्दैन भोलि अोपीडीमा आउनु भनी जवाफ दिदा सम्बन्धित डाक्टरलाई बोलाई दिनु भन्दा आज बकरिदको विदा रहेको छ कोही आउदैन बाहिर लिएर जानु जवाफ दिए पठाएको यादवले गुनासो गरेको छ । आमाको स्वास्थ्य विमा गराएको छ त्यो पनि कलैया प्रदेशीक अस्पतालमा विदाको दिन काम गर्दैन स्वास्थ्यको नाममा विमारीलाई उपचार गर्नुको साटो दु:ख दिने काम गरेको यादवले दुखेसो पोखेका छ । अस्पतालका प्रमुख मेसु डाक्टर गौरव महतोसंग प्रतिक्रिया लिदा ईमेरजेन्सीमा २४ सै घण्टा डाक्टरको डिउटी रहेको छ काम गर्नु पर्ने हो सोवारेमा बुझने छु जनकारी गराए । स्वास्थ्य विमाको सम्बन्धिमा २४ घण्टा गर्नु पर्ने हो तर दुईजना कर्मचारी रहेकोले विदाको दिनमा काम गर्न सकिएको छैन जनकारी मेसुले दिए । कलैया १७ का प्रहलाद कुशवाहाले कलैया अस्पताल सेवा दिनको लागि नभई समय पास गरि तलब खाने काम कर्मचारी र डाक्टरहरूले गर्ने गरेको बताएको छ । केही दिन आगाडी कलैया अस्पतालका गाडले पनि ईन्जेक्सन लगाएको समाचार पनि आएको छ यसले कलैया अस्पतालमा समाग्री र जनशक्ति भएर उपचार नपाउनु कतिको जायज भएको सबैले आफैमा बुझनु पर्ने भएको बारा जिल्ला नागरिक समाजका अध्यक्ष उमेशलाल दासले बताए ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0