google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

वीरगञ्ज १५ बैशाख । वीरगञ्ज  महानगरपालिका वडा नम्बर २५ सिर्सियामा वडा अध्यक्ष पदका उम्मेदवार आशुतोष चतुर्त्वेदी प्रति जनलहर बढ्दै गएको छ ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

जनता समाजवादी पार्टी नेपालको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार चतुर्वेदीलाई जिताउन स्थानीयहरुले आफै भोट माग्न थालेका हुन् ।

बिहिबार जसपाको भातृ संगठन समाजवादी महिला संघकी मधेश प्रदेश उपाध्यक्ष पिंकी यादवको नेतृत्वमा आयोजित घरदैलो कार्यक्रममा स्थानीयहरुले वडाको विकास युवाहरुले मात्र गर्न सक्ने बताउँदै चतुर्वेदीलाई जिताउने बताएका थिए ।

वडावासीले यसअघि निर्वाचित भएर आएका जनप्रतिनिधिले विकासभन्दा पनि कार्यकर्ता र आफ्ना आसेपासेलाई मात्र सहयोग गरेको बताउँदै युवा नेता आशुतोष चतुर्वेदीलाई जिताउने बताए ।

त्यसैगरी वडावासीले महानगरपालिकाको मेयर पदमा पनि राजेशमान सिंहलाई जिताउने बताए । कार्यक्रममा जसपाकी महिला नेतृ अन्नापुरना मानन्धर, प्रेणा श्रेठ लगायतको सहभागिता रहेको थियो ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0