सिम्रौनागढ़ सामाजिक संदेश

राप्रपाबाट पत्रकार गिरिश गिरी वीरगंजको मेयरका पदका उम्मेदवार

Pacharauta covid new -078
Holi Suvarn 078

वीरगंज, १० बैशाख- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बीरगन्जकाे मेयरमा पत्रकार गिरिश गिरीलाई उम्मेदवार बनाउने भएको छ । पत्रकार गिरीलाई वीरगञ्जको मेयरमा उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ वटा महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाएको हाे ।

Simraun gadh Covid New -078

काठमाडौं महानगरपालिकाको मेयरमा मदनदास श्रेष्ठ र उपमेयरमा विनिता मगैया, ललितपुरको मेयरमा अष्ट महर्जन र उपमेयरमा स्वर्णिमा शाक्यलाई उम्मेदवार बनाउने टुंगो लागेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, पोखराको मेयरमा शंकर खराल, उपमेयरमा रञ्जना सेन, वीरगञ्जको मेयरमा गिरिश गिरी र उपमेयरमा विना जयसवाल उम्मेदवार बन्ने श्रेष्ठले बताए ।

उनका अनुसार विराटनगर र भरतपुर महानगरको मेयर र उपमेयरको उम्मेदवार पनि शनिबार अबेर टुंग्याउने तयारी छ ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.