google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

आफन्त नेपालद्वारा लेखा व्यवस्थापन तालिम र जनचेतना मुलक कार्यक्रम सम्पन्न

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बिराटनगर / आफन्त नेपालले अहिलेको बिषम परिस्थितिमा आफ्ना गतिविधिहरुलाई विभिन्न तरिकाबाट सन्चालन गर्दै आएको छ । कोरोना महामारीले निम्त्याएको अहिलेको विशेष परिस्थितिमा हुन आउने घटनाहरुलाई न्यूनीकरण गर्नका लागि विभिन्न कार्यक्रम सन्चालन गर्दै आएको छ ।
आफन्त नेपालले गर्दै आएका सीमा अनुगमन कार्यक्रम महामारीको कारण केही असहज भए पनि संस्थाले समस्यामा परेका महिला तथा किशोरीहरुलाई परामर्श, उद्धार, स्वदेश फिर्ती र पारिवारिक पुनर्मिलन गर्दै आएको छ ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

लकडाउनको करीब एक महिनामा आफन्त नेपालले बिभिन्न जिल्लामा गरी १५ जना महिला तथा किशोरीको‌ उद्धार, पुनर्स्थापना तथा पारिवारिक पुनर्मिलन गराएको छ। त्यसैगरी भारतका बिभिन्न शहरबाट ७ जनाको उद्धार तथा ‌केहीको स्वदेश फिर्ती गरिएको संस्थाका कार्यक्रम निर्देशक करुणा त्रिखत्रीले बताइन्।

विशेषगरी अहिलेको परिवेशमा निम्तन सक्ने विभिन्न घटनालाई मध्यनजर गरी समुदायमा व्यापक सुचनामुलक सन्देशहरु सामाजिक सन्जालबाट प्रसारण गर्दै आएको छ। यसबाट हजारौं व्यक्तिहरुलाई सचेत रहन सहज गर्दै आएको छ । विभिन्न जिल्लामा त्यहाँको प्रशासन तथा प्रहरी सङ्ग समन्वय गरी निम्तन सक्ने जोखिमको बारेमा सचेतना सहित संयुक्त अपिल गर्दै आएको छ ।

यसै परिवेशमा सस्थाले विभिन्न जिल्लाका महिला समुह, महिलाहरुद्वारा संचालित सहकारीका महिला तथा किशोरीहरुलाई भर्चुयल मार्फत सचेतनामुलक कार्यक्रम समापन गरेको छ। समुदायमा घट्न सक्ने जोखिमलाई मध्यनजर गरी समुदाय स्तरमै त्यहाँ रहेका महिला तथा किशोरीहरुकाे भूमिकाको विषयमा बृहत् छलफल गरिएको थियो । कार्यक्रममा विभिन्न जिल्लाबाट ४०० जना सहभागी भएका थिए । कार्यक्रममा आफन्त नेपालको तर्फबाट इन्द्रराज भट्टराई र तिर्थ राय क्षेत्रीले सहजीकरण गरेका थिए ।

यसैगरी आफन्त नेपालको सहयोगमा गठन भएका विभिन्न जिल्लाका सहकारी र समूहका प्रतिनिधिहरूलाई ३ दिने लेखा व्यवस्थापन तालिम संचालन गरिएको छ । उक्त कार्यक्रममा प्रशिक्षक बासु घिमिरेले सहजीकरण गरेका थिए । कार्यक्रममा सहकारीकर्मी तथा समाजसेवी रामशरण घिमिरेले समग्रमा महिलाहरुद्वारा संचालित सहकारीहरु अन्य सहकारी भन्दा उत्कृष्ट रहेको र विशेषतः आफन्त नेपालको सहायतामा संचालित सहकारीहरु महिला उद्यमशिलता अभिवृद्धि गर्दै मानव बेचबिखन र लैङ्गिक हिंसा विरुद्धको अभियानमा अग्रसर भएकोमा सफलताको शुभकामना प्रदान गरेका थिए। लेखा तालिम कार्यक्रममा बिभिन्न १५ जिल्लाका ७० जनाको सहभागी रहेको थियो ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0