google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

गलत प्रबृतीले कमाउदै सशस्त्र प्रहरी डिआईजी गौतम

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

कलैया बारा

सशस्त्र प्रहरी संगठन भित्र बदनाम प्रहरीको रूपमा रहेका सशस्त्र प्रहरी सहायक हवलदार राजाराम पटेल अहिलेको परिवेशमा डिआइजी चन्द्रप्रकाश गौतमको छत्रछाया पाए पश्चात् संगठनकै नीति निर्देशनलाइ धज्जी उडाउदै रकम असुलीमा लागेका छन । प्रदेश नम्बर २ को बाहिनीपति चन्द्रप्रकाश गौतमलाई कारवाहीको निम्ति संगठनका प्रमुख आइजिपी शैलेन्द्र खनाल तानेपनी गृह मन्त्रालयको पावर लगाइ पुन: २ नम्बर बाहिनीमा फर्केपछी बदनाम प्रहरीहरूलाइ जिम्मा दिने गरेको यस घटनाले उजागर पारेको हो ।
प्रदेश नम्बर २ मा जानसाथ डिआईजी गौतमले आफ्नो नजिकको सशस्त्र प्रहरी निरीक्षक लगायत घुमुवाहरूलाइ खटाउनको निम्ति इमान्दारिता पूर्वक कार्य गर्ने गरेको सशस्त्र प्रहरी निरीक्षकलाई कारवाहीको नाममा तानी आफ्नो नजिकको मान्छेलाइ पठाउने गरेको रहस्य खुलेको छ । पर्साको बोर्डर आउट पोस्ट श्रीसिया मातहातमा रहेको स्थानमा डिआइजी चन्द्रप्रकाश गौतमले खटाएको सादा पोशाकको घुमुवाले एक जना महिलाको घरमा प्रवेश गर्दा स्थानीयले घुमुवा टोलिलाइ कुटपिट गरेका थिए । घुमुवा टोलिले गरेको गल्ती लूकाउन बोर्डर आउट पोस्ट श्रीसियाबाट सशस्त्र प्रहरी निरीक्षक दिनेश बानियालाइ तानी आफनै भान्जा सशस्त्र प्रहरी निरीक्षक अपार प्याकुरेललाई पठाएको बिषय चर्चाको बिषय बनेको छ ।
स्कवाड टोलिको नाममा चान्दा आतन्क मचाउने सशस्त्र प्रहरी सहायक हवलदार राजाराम पटेल लागयत डिआइजी चन्द्रप्रकाश गौतमको बिषयमा समाचार उजागर भएको थियो । समाचार उजागर हुनासाथ ९८५१२५८१८१ नम्बरबाट फोन गरि समाचार उजागर गर्ने पत्रकारलाइ धम्की समेत आएको प्रकाशमा आएको छ । बिहिबार बिहान ११ बजेर ४० मिनेटमा फोन गरि समाचार उजागर गर्ने पत्रकारलाइ आफ्नो बारेमा जे लेखेपनी फरक नपर्ने, अबदेखि समाचार आयो भने ठिक नहुने भन्दै धमकाएका थिए ।
यस बिषयमा माथिल्लो निकायको ध्यान जानुको साटो झन तस्करीको लाइनको रकम खानुमै ब्यस्त रहेको बारे दुइमत छैन । यस्तो क्रियाकलाप माथी सशस्त्र प्रहरी बल संगठन र गृह मन्त्रालय सचिवालय शाखाको ध्यान जान अति अवाश्यक देखिन्छ ।

 

 

सँम्भार:-jangunasodaily.com


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0