google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बिशेष परिस्थितिमा प्रतिनिधि सभा भँग भएको हो :उपप्रधानमन्त्रि पोखरेल

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

 बिशेष परिस्थितिमा प्रतिनिधि सभा भँग भएको हो :उपप्रधानमन्त्रि पोखरेल
अनिल पाण्डेय
कलैया बारा
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
 नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले
पार्टीमा चुनावबाट निर्वाचित भएका पार्टी अध्यक्ष केपीशर्मा ओली लाई झन्डै दुई तिहाईको बहुमतबाट प्रधानमन्त्रि बनाएकाहरुले नै ५ बर्ष नबित्दै ३ बर्षमा नै प्रधानमन्त्री र अध्यक्षबाट हटाउने सडयन्त्रको बिरोधमा ओलीले संसद बिघटन गरि ताजा जनादेशमा जानका लागि मार्ग प्रस्शत गरेको टिपणि  गरेका छन् । खास गरेर तराई मधेसका जनताहरुलाई आफनो दैनिक ब्यवहार चलाउन देखि लिएर बिहेबारीमा जान समेत अप्ठयारो हुने गरेको चाडै नै कोभिड १९ का कारण नेपाल र भारतसंग जोडिएको सबै नाकाहरु खुलाउने उपप्रधानमन्त्रि पोखरेलले बताउनुभएको छ । नेकपा बाराले आयोजना गरेको बृहत जिल्ला भेलालाई कलैयामा सम्बोधन गर्दै उपप्रधानमन्त्रि पोखरेलले नेकपालाई कमजोर एवम बिभाजनका लागि उभिएका प्रचण्ड, माधव नेपालका बिरोधमा डटेर समना गर्न सुझाव दिएका छन्।
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

सोहि कार्यक्रमको बिषेश अतिथी मधेसमा विकास प्रेमिको रुपमा चर्तित रहेका शहरी बिकास मन्त्री प्रभु साहले प्रदेश नम्बर २ मा लुटतन्त्र अथवा खुल्लम खुल्ला भष्टचारीहरुको सरकार रहेको आरोप लगाउदै मधेसी जनताहरुलाई तिनीहरुले ठगी रहेको आरोप लगाए । कसैको दायाले होईन आत्म विस्वासले अगाडी बढे लक्ष्यमा पुग्ने भन्दै प्रदेश २ मा बिकासको गतिलाई नेकपाको सरकारले नै ल्याउने दावी गरेका थिए ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
 सोही कार्यक्रमलाई कानुन मन्त्री लिलाराज श्रेष्ठले सम्बोधन गर्दे न्यालयलाई कमजोर पार्ने खेलहरु भई रहेको हुदा त्यसो नगर्न सबैलाई आग्रह गर्दै सम्मान गर्न सुझाव दिए । नेकपाका स्थाई समिति सदस्य रघुबिर महासेठ, प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डल, केन्दिय सदस्यहरु ज्याला कुमारी साह, राजकुमार गुप्ता , धरी साह , उमेश कुश्वाहा प्रदेश सभा सद महम्मद समिर , त्रिलोकि चौधरी लगायतका नेताहरुले आमसभालाई सम्बोधन गरेका थिए । बाराको छिमेकि जिल्ला पर्सा र रौतहटबाट पनि नेकपाको कार्यकार्ताहरु उपस्थिती रहेको सो कार्यक्रम नेकपाका बारा जिल्ला ईन्चार्ज बलबीर चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने  उक्त कार्यक्रम अच्छुत मैनालीले सञ्चालन गरेको थिए ।

 

 

 

 

सँम्भार:-cinnepal.com


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0