गजल


✍️ बबिता भुजेल
उपहारमा पठाईरहनु सल फेरी फेरी
थापि रहुँला मायाको आँचल फेरी फेरी
जीन्दगी जस्तो जीन्दगी कहिल्यै लागेन
लाग्दैछ घाम फेरी फेरी,बादल फेरी फेरी

एकचोटि पागल बने बस पागल बनी सकें
तिम्रो लागी बन्दिन म पागल फेरी फेरी
यहि एउटा पलमा आउ अंकमाल गरौं
आउँछ कि आउँदैन यो पल फेरी फेरी
गजलका हरेक शेरमा ‘तिमी’लेखीदिन्छु
लेखिन्छ कि लेखीन्न ग़ज़ल फेरी फेरी
लेखक – बबिता भुजेल
ऐसेलुखर्क गाउपालिकम , खोटाङ
हाल- बिराटनगर मोरङ