सिम्रौनागढ़ सामाजिक संदेश

भन्सार छलि ल्याएको अवैध जाडोको कपडाहरु बरामद गरी भन्सार दाखिला

भन्सार छलि ल्याएको अवैध जाडोको कपडाहरु बरामद गरी भन्सार दाखिला

Pacharauta covid new -078
Holi Suvarn 078
Simraun gadh Covid New -078

पवन शाह
बिराटनगर / अवैध रुपमा भन्सार छलि नेपाल भित्रिदै गरेको अवैध जाडोको कपडा सहित सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बखरीको टोलीले बरामद गरी भन्सार दाखिला गरेका छन ।

भन्सार छलि तसकरहरुले भरियाको प्रयोग गरेर उखु बारीको जंगलको सुनसान बाटो भएर बोरामा हाली टाउकोमा बोकेर सामानहरु ल्याईरहेको बेला सशस्त्र प्रहरीको टोलीले रोक्न खोज्दा भरियाहरु सामन छाडि भागेको थियो । बरामद गरिएका सामानहरुमा लेडिज सोईटर, सेतो सेन्डो, अन्डरबीयर , लामो सोईटर, लेडिज कुर्ति, चिनि, प्याज र प्रेसर कुकरको रबर सहितको सामानहरु नियंत्रणमा लिएर भन्सार दाखिला गरेका हुन । उक्त सामानहरुको भन्सार मुल्य दुई लाख सात हजार डूबी सय रुपैया भएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बखरी प्रमुख सप्रनानि बुद्धिमान तामाङ्ले बताउनुभयो ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.