सिम्रौनागढ़ सामाजिक संदेश

प्रहरी द्वारा महिलामाथी दुर्वयवहार, दृश्य कैद गर्दै गरेका पत्रकारको क्यामेरा खोसियो

प्रहरी द्वारा महिलामाथी दुर्वयवहार, दृश्य कैद गर्दै गरेका पत्रकारको क्यामेरा खोसियो

Pacharauta covid new -078
Holi Suvarn 078
Simraun gadh Covid New -078

पवन शाह
विराटनगर / मोरङको नेपाल भारत खुला सिमा विराटनगर १६ स्थित दरैयामा खटिएको प्रहरीबाट महिलामाथि हातपात भएको छ। घटनाको रिपोर्टिङ्ग गरिरहेका पत्रकारको क्यामेरा समेत खोसिएको हो ।

खुला सिमामा मान्छेहरुको आवत जावत बढेपछि इलाका प्रहरी कार्यालय रानी को प्रहरी टोलिले त्यास्तालाई रोक्न नसकेको भनि बेला बेलामा जिल्ला प्रहरी कार्यालय मोरङ्ग को टोलि त्यस्ता मान्छेहरुलाई तर्साउन पुग्ने गरेका छन । जिल्ला प्रहरी कार्यालय मोरङ्गबाट खटिएको प्रहरी टोलीका प्रहरी सहायक निरीक्षक केबी राई सहितको टोलीले सिमामा आवत जावत रोक्ने नाममा एक महिलालाई हात पात गरेका हुन । प्रहरीको दुर्वयवहारमा पर्ने महिला नेपाल भारत सिमामै खट्ने महिला हिंसा र चेलि बेटि मानव बेच बिखन विरुद्ध को एक संस्था साना हातहरु नेपाल को कर्मचारी रहेको श्रोतले बताएको छ । करीब अपरान्ह ४:३० बजेतिर सीमा नाकामा पुगेका जेनवन न्यूजका पत्रकार,एभिन्युज खबरका पत्रकार वीरेन्द्र शाह लगायतको टोलीमाथि सहायक प्रहरी निरीक्षक केबी राईले गुण्डा शैलीमा क्यामेरा खोस्दै दुर्ववहार गरेका छन्। महिलामाथि गरिएको अभद्र व्यवहारको दृश्य कैद गर्दै गरेका पत्रकारलाई देखेपछि राईले आएर क्यामेरा खोसेर पत्रकारमाथि गाली गलौज समेत गरेका हुन् ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.