सिम्रौनागढ़ सामाजिक संदेश

मस्तिक्स खराब भइसक्यो ओलीको : मन्त्री सोनल

Pacharauta covid new -078
Holi Suvarn 078

वीरगंज, पर्सा।

जनता समाजवादी पार्टी नगर कार्य समिति बहुदरमाई नगरपालिकाले आयोजना गरेको पिपरा इमरर्जेन्सी सेन्टरको शिलान्यास

शुभ दिपावली एवं छठ पर्वको अवसरमा शुभकामना अदान प्रदान र सम्मान कार्यक्रम आज पिपरामा सम्पन्न भएको छ । सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश २ का भौतिक पूर्बाधार विकास मन्त्री जितेन्द्र सोनलले प्रधानमन्त्री केपी शर्मा ओलीको मगज खराब भइसकेको बताएका छन् । प्रधानमन्त्री ओलीको मति भष्ट भइसकेको कारण देशको स्वाभिमान र विश्वसनीयता विश्व माझ तल खसाइरहेको समेत उनले आरोप लगाए ।

ओलीले कुन बेला के बोल्छन् ,थाहा हुदैन्, भगवान रामको जन्म भूमि प्रदेश २ को पर्साको ठोरी हो भन्ने अभिव्यक्तिको कारण प्रधानमन्त्री जस्तो व्यक्तिले देशकै इज्जत तल झारेका छन्, उनले भने। ठोरीमा जन्मभूमि हो भनेको दुई दिनपछि प्रदेश ३ को माडीमा भगवान रामको जन्मभूमि हो भनेर अभिव्यक्ति दिए । केन्द्र सरकारको अढाई करोडको बजेटमा दैविक प्रकोप बाढि, आहगलागी, टोरनाडो, महामारी लगायतको समयमा स्थानीय लाई सेवा दिन निर्माण भइररहेको आपातकालिन सेल्टर भवनको उद्घाटन कार्यक्रममा उनले देश अहिले निकै तरल अवस्थामा रहेको चर्चा गर्दै नेकपा पार्टीको राजनीतिक पनि खतरामा फसेको टिपण्णी गरे । उनले भने, नेकपाका नेता, नीति र नेतृत्व सबै असान्दर्भिक छ ।

Simraun gadh Covid New -078

मधेसी जनताले विगतमा गरेको आन्दोलनको जगमा देशमा आएको संघीय गणतान्त्रिक लोकतन्त्र नै खतरामा पर्दैै गएको उनले विश्लेषण गरे । नेकपा यस्तो पार्टी हो, जसले लोकतन्त्रको मर्म र उपलब्धिलाई विभिन्न कानुन बनाएर सखाप पार्ने काम पनि नेकपाको सरकारले गरेको उनले आरोप लगाए । संघीयताको तहत विभिन्न काननुन बनाएर लोकतन्त्रलाई नेकपाको सरकारले काटिरहेको छ, म प्रधानमन्त्री लाई प्रश्न गर्न चाहन्छु, संघीयता लौकीको चिचिला होइन, जसलाई हातको औला देखाए पछि मुरझाउछ, संघीयता मधेसी, आदीवासी, जनजाति, दलित मुस्लिमलगायत सबैको छोराछोरीले रगत बहाएर शाहदत दिएर ल्याइएको उपलब्धि भएकोले संघीयतामा लोकतन्त्रलाई दुषित पार्न सकिन्छ तर लोकतन्त्र खत्तम गर्ने आफैं सिधिएर जाने उनले चर्चा गरे ।

ओली र नेकपा अहिले हिटलर शैलीको राजनीति नेपालमा अघि बढाएकोले मधेसी जनता राणा कालमा पर्साको अलौमा लडाई गरेको, माओवादीलाई रौतहट गौरमा जवाफ दिएको र अगामि दिनमा यस्तै गतिविधि चलिरहयो भने मधेसी जनताले अगामि चुनावमा नेकपा र ओली, प्रचण्डलाई कडा जवाफ दिने उनले चेतावनी दिए ।भारतमा प्रान्तिय सरकारलाई बलियो बनाउन केन्द्र सरकारले हरेक वर्षको ६० प्रतिशत बजेट दिने गरेको चर्चा गर्दै नेपालमा केन्द्र सरकारले राज्य सरकारलाई २ प्रतिशत पनि बजट नदिने गर्दा संघीयताको मर्ममाथि प्रहार गरी मधेसी जनताको अधिकारबाट बञ्चित गरेको उनको आरोप थियो ।

उनल प्रदेश २ मा मठमन्दिर र सामुदायिक भवनमा प्रदेश सरकारले अर्बौ खर्च गरेको आलोचना भइरहेको अवस्थामा त्यो पनि वर्तमान समयको समाजको माग भएकोले भौतिक विकाससंगै मानवीय समाजिक विकासको बारेमा पनि प्रदेश सरकार तयारी रहेको बताए । उनले विगतको ५० वर्षमा नभएको विकास प्रदेश २ सरकारले पछिल्लो ३ वर्षको समयमा गरेको दावी गरे । कार्यक्रममा बहुदरमाई नगरपालिकाका बासिन्दा तथा राजनीति, शिक्षा, स्वास्थ्य, निजामति सेवा, गैरसरकारी संस्थालगायत विभिन्न क्षेत्रमा योगदान दिई जिल्लाको विकासको लागि सेवा दिएका र दिइरहेका गोपाल प्रसाद कुर्मी, गणपत कुशवाहा, प्राध्यापक द्धय लक्ष्मी प्रसाद साह, प्रमोद कुशवाहा, प्रअ. रामदेव प्रसाद कुर्मी, नेपाल रेडक्रस सोसाईटी प्रदेश नं. २ का अध्यक्ष फुलमहम्मद मिया, भौराटार उपशाखाका अध्यक्ष काशि प्रसाद साह, रामनगरी उपशाखाका अध्यक्ष हरिन्द्र प्रसाद, अधिवक्ता बीरेन्द्र प्रसाद यादव, एनजीओसीसी पर्साका अध्यक्ष इब्राहिम देवान, युनिसेफ प्रदेश नं. २ का अध्यक्ष वृजकिशोर पटेल, लगायत करिब २५ जनाभन्दा बढि व्यक्तित्व एवं सन्चारकर्मीहरुलाई कदरपत्र तथा गम्छा ओढाई सम्मान गरिएको थियो ।

जनता समाजवादी पार्टी बहुदरमाई नगरपालिका नगर कार्य समितिका अध्यक्ष कृष्णा यादवको अध्यक्षतामा एवं जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य शिव पटेलको सक्रियतामा सम्पन्न सो कार्यक्रममा पर्सा क्षेत्र नं.३ का सांसद हरि नारायण रौनियार, प्रदेश सासद प्रहलाद गिरी, रमेश कुर्मी, मन्जुर आलम, पुर्व मन्त्री एवं सांसद करिमा वेगम ,भारतीय महावणिज्यदूतका कन्सुलर शैलेन्द्र कुमार, बीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी, जसपाका केन्द्रिय सदस्य क्रमशः शशि कपुर मिया, जर्नादन यादव, रामचन्द्र पडित जसपा पर्सा अध्यक्ष जगदिश पटेल, वरिष्ठ नेता कृष्ण पटेल, सचिव श्रीराम गिरी, बहुदर माई नपाका वडा नं. २ का वडा अध्यक्ष जितेन्द्र पटेल लगायतले सो शिलान्यास, तिहार र छठको शुभकामना अदान प्रदान एवं सम्मान कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्थानिय भद्र भलादमीहरुको व्यापक उपस्थिति रहेको थियो ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.