नेकपाद्वारा शुभकामना आदानप्रदान तथा घरदैलो कार्यक्रम
अनिल पाण्डेय
कलैया बारा
बडा दशै , दिपावली तथा छ्ठ पर्वको अवसरमा प्रसौनी गाउँ पालिका वाड ६ बेलहियामा नेकपा प्रसौनी द्वारा शुभकामना आदानप्रदान तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । जनसमुदायको साथमा भेटघाट तथा कोभिड -19 को बेला कसरी सुरक्षित गरी आफ्नो धार्मिक परमपरालाई पनि निरन्तरता दिने भनि घरदैलो गर्दै महान पर्व दशै दिपावली तथा छ्ठको हार्दिक शुभकामना अदानप्रदान गरीएको छ।
कोभिड-19 को माहामारी चलिरहेको बेला हामि एक ठाँउमा भेला नभई जनताको स्वास्थ्यको ख्याल गरी जनताको घर घरमै पुग्ने जमर्को गरेको र जनताको सुख दु:ख पनि नजिक बाट बुझ्ने प्रयास गरेका छौ भनि कार्यक्रमा बिशेष अथिती नेकपा जिल्ला सदस्य तथा नेकपा नेता उमेश कुशवाहाले जानकारी दिनुभएको छ।