सिम्रौनागढ़ सामाजिक संदेश

कलैया उपमाहानगरपालिका कार्यालयमा तालाबन्दी

Pacharauta covid new -078
Holi Suvarn 078

कलैया उपमाहानगरपालिका कार्यालयमा तालाबन्दी

अनिल पाण्डेय

कलैया बारा

असोज २०, बारा

 

Simraun gadh Covid New -078

वडा विकास सुधार समिति वडा नं. १६ ले आज कलैया उपमहानगरपालिका वडा नं. १६ वडा कार्यालयमा करिब ५०० वाडाबासीको समुहले तालाबन्दी गरेको छ । सो समितिले ११ सुत्रिय माग सहित सम्बन्धित सरोकारवाला निकायमा ज्ञापन पत्र दिदै आएको थियो । हामीले दुईपटक सम्म सम्बन्धित निकायमा वडा कार्यालयमा वडा अध्यक्षको नियमित उपस्थिति तथा वडाका सम्पूर्ण कामहरु नियमित रुपमा संचालन सहितका विभिन्न माग सहित ज्ञापन पत्र दिदै ध्यानाकर्षण गराएका थियौ , सम्बन्धित पक्षबाट कुनै पनि वास्ता नगरेको तथा कार्यालयमा नियमित रुपमा उपस्थिति पनि नभएकोले वडाबासी मर्कामा पर्दा वडा कार्यालयमा तालाबन्दी गरेको समितिका अध्यक्ष अनिल कुशवाहाले जानकारी गराए।

समितिका अध्यक्ष अनिल कुशवाहाको नेतृत्वमा रहेको एक टोलीले वडाको कार्यालय कलैया उ।म।न।पा १६मा तालाबन्दी गरेके छ । बारा जिल्लाको कलैया उप महानगरपालिकाको वडा नं। १६ को वडाध्यक्ष शेषनाथ साह निर्वाचित भएका तीन वर्षको कार्यकाल बितिसक्दा पनि मुस्कीलले ३ दिन पनि वडा कार्यालयमा पूरा समय उपस्थित भई राज्य सरकारले लिएको लक्ष्य तथा आफूले चुनावएताका जनतासमक्ष गरेको वाचा अनुरुपका कामहरु नगरेकोमा वडा विकास सुधार समितिको गम्भीर ध्यानाकार्षण भएको विज्ञप्तिमा उल्लेख छ । कार्यालय समयमा आफू उपस्थित नभई व्यक्तिगत कामकाजमा व्यस्त रहने वडाध्यक्षले सेवाग्रहीलाई मार्कामा परेको स्थानियहरुले गुनासो गरेका छन् । कार्यालयमा नबस्ने, जनताको सेवा, सिफारिश, विकास निर्माणका काममा आफूखुसी तानाशाही प्रवृत्तिबाट समिति बनाई आफ्ना नजिकका मानिसहरूलाई ठेक्का दिने, काम गर्ने जस्ता कामले जन गुनासाहरू बढ्दै गएकोले तालाबन्दी गरेके स्थानिय तथा समितिका सदस्य लक्षमी कुशवाहाले जनाए ।

ज्ञापनपत्रमा जनप्रतिनिधि वडामा अनुपस्थित रहने गरेको, वडाबाट हुने गरेको विकास सम्बन्धी सम्पुर्ण कृयाकलाप पारदर्शी नदेखिएको, वडामा रहेको स्वास्थय निकायबाट सेवा ग्राहिहरु बञ्चित हुने गरेको, यस वडामा रहेका शैक्षिक संस्थाहरुको अनुगमन नभएको हुदाँ गुणस्तरीय शिक्षा नभएको, कृषि सम्बन्धी कुनै योजनाहरु हाल सम्म सर्वजनिक नभएको, वडा न। १६ मा नगर स्तरिय बजेटबाट गरेको योजनाहरु सर्वजनिक नभएको, प्रदेश स्तरिय योजनाहरु सर्वजनिक गर्न नचाहेको, केन्द्र स्तरिय योजनाहरु सर्वजनिक नभएको नगरेको, परिषदबाट स्विकृत योजनाहरु वडा कार्यालयमा नभएको र राख्न समेत नचाहेको, बेरोजगार व्यक्ति वारेको विवरण सर्वजनिक नगरेको र गर्न नचाहेको, विगतमा घोषणा भएको ओ।डि।एफ।लाई निरन्त्रता दिन खासै योजना नबनाएको तथा गर्न समेत नचाहेकोले विवश भएर तालाबन्दी गरिएके समितिका सदस्य धनेश्वर रामले हामीलाइ बताए ।

माथि उल्लेखित हाम्रा मागहरुलाई वडा अध्यक्ष लगाएत सम्बन्धीत निकायले यथाशिध्र कार्यान्ववन नगरे आउँदा दिनमा अझ शसक्त रूपमा अन्देलनका कार्यक्रमहरू गर्ने समितिका सदस्य कलामेदिन अंसारीले बताए ।

उक्त कार्यतक्रममा वाडाबासी विनोद कुमार यादव, कलामोदिन अंसारी, जितेन्द्र कुमार यादव, धनेश्वर कुमार राम, राजकिशोर कुशवाहा, ज्ञान प्रकाश ठाकुर, चन्दन राम, पवन कुमार कुशवाहा, प्रवेश कुमार कुशवाहा, बृजकिशोर ठाकुर, अजय कुमार राम, रविरन्जन कुमार राम, रविन्द्र कुमार राम, अरविन्द कुमार राम, जेनिश मेहरा, हरिओम कुशवाहा, बैजनाथ राम लगायतको सहभागीता रहेको थियो ।

 

सँम्भार:-cinnepal.com

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.