सिम्रौनागढ़ सामाजिक संदेश

प्रतिबन्धित ५ सय दरको भारतिय नोट सहित एक जना सशस्त्र प्रहरी द्वारा भन्सार दाखिला

प्रतिबन्धित ५ सय दरको भारतिय नोट सहित एक जना सशस्त्र प्रहरी द्वारा भन्सार दाखिला

Pacharauta covid new -078
Holi Suvarn 078

पवन शाह
बिराटनगर / सशस्त्र प्रहरीले भारतिय रुपैया ५ सय दरको नोट सहित चोर बाटो भएर नेपाल आउदैगर्दा एक जानालाई पक्राउ गरि भन्सार बुजाएको छ ।

Simraun gadh Covid New -078

शुक्रवार बिहन ७ बजेको समयमा बिराटनगर १६ मा पर्ने दक्षिण गेठ पछाडीको डम्पिङ्ग साईड को बाटो भएर नेपाल आउदैगर्दा त्यहा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट रानी बाट खटिएको हुलास चौक को डियुटी टोलीले चेक जाच को क्रममा रकम सहित मान्छेलाई नियंत्रणमा लिएको हो । पक्राउ परेका व्यक्ती ईटहरी उप महानगर पालिका बस्ने वर्ष ४० को संतोष महतो को साथमा रहेको कालो रंगको ब्यागमा लुकाई ल्याएको भारतीय रुपैया पाच सय दरको नोट २ सय ६५ थान (१ लाख ३२ हजार ५ सय भारतीय रुपैया) सहित आवश्यक कार्वाहिको लागी बिराटनगर भन्सार कार्यालय रानी लाई बुझाएको छ ।

महामारीको कारणले गर्दा नेपाल भारत सिमा अझै सिल रहेपनि नेपाल र भारतमा दुवै तर्फ़ लकडाउन हटाएर गाडीहरु खुला भएको अवस्थामा सिमावर्ति एरियाहरुमा किनमेल गर्न ओहोर दोहोर गर्नेहरुको भिड भाड बढ्न थालेपछी गलत प्रवृति भएको मान्छेहरु पनि सोहि अवस्थाको फ़ाईदा उठाउने हुदा तथा नजिकिदै गरेको दशै तिहारलाई लक्षित गरेर केहि अप्रिय घटना हुन नदिन विशेष निगरानी थालिएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट रानी को प्रमुख सप्रनि मौसम पोखरेलले बताउनुभयो ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.