अनिल पाण्डेय
कलैया बारा
देशमा शान्ति सुरक्षाको जिम्मेवारी नेपाल प्रहरीलाई दीइएकोछ। सिमासुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीलाई दीईएकोछ भने नेपाल आर्मिलाई आपतकालिन सेवाकोलागि राखिएकोछ।
शान्ति सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरीले बाराको महागढीमाई नगरपालीका वडा नम्वर १० गँजभवानिपुरमा खुल्ला मदिरा भट्टि आफ्नै सँरक्षणमा सँचालन गराईरहेको कुरा बाहिर आएको छ। गँजभवानिपुरमा अहिले पनि १० देखि १५ वटा खुल्ला मदिरा भट्टि सँचालनमा रहेको छ।
महागढीमाई नगरपालीकाको वडा नम्वर ३ र १० मा रामाधार जैस्वाल , हिरदे राम,रामाघार राम,बच्चु जैस्वाल,अस्पताली राम र दशरथ राम लगायतका ब्यक्तिहरुले आफ्नै घर गोठमा खुल्ला मदिरा उत्पादन गरीरहेको जानकारी प्राप्त भएकोछ। खुल्ला मदिरा उत्पादन गरी खुलेयाम साईकल,मोटरसाईकल र टेम्पुबाट बरियारपुर बजार एरिया, गँजभवानिपुर एरिया, कलैया उपमहानगरपालीकाको बजार एरिया, बिजुलपुर एरिया, बघवन एरिया लगायतको ठाउमा रहेको मदिरा बेच्ने होटलहरुमा पुर्याउने गरेको पाईएको छ।
नेपाल प्रहरी चौकिमा सम्पर्क गर्दा गंजभवानीपुर प्रहरी चौकि ईन्चार्ज बिदामा जानु भएको र आफु एक हप्ता पहिले यहाँ हाजिर भएकोले यहाँको बारेमा मलाई जानकारी नरहेको तर कसै कसैलाई केहि भारतीय समान ल्याएको देख्दा आफुहरु डराई छोडेको प्रहरी हवल्दार राजिव प्रसाद शर्माले जनकारि गराउनु भयो।
सशस्त्र प्रहरी बेस क्याम्प प्रमुख प्रहरी निरिक्षक प्रकाश पाण्डेसँग कुरा गर्दा गँज भवानिपुरमा मदिरा भट्टि सँचालनमा रहेको छ। अहिले बिश्वभरी कोरोनाको माहामारीले गर्दा लकडाउन भईरहेको छ। यस्तो माहामारीको बेला पनि हामिले कडाई गरेका छौ र बेला बेलामा खुल्ला मदिरा समाति बेस क्याम्प ल्याई स्थानिय सँचारकर्मीको रोहबरमा नष्ट पनि गरेकाछौ। नेपल प्रहरी गँजभवानिपुरमा रहेको प्रहरी चौकिसँग समन्वय गर्दा हामिले यो बिषयमा माथि जाहेरि दिएकाछौँ माथिबाट आदेश आएमा चाडै नै कर्वाहि गर्नेछौ। गँजभवानिपुर चौकीसँग समन्वय भयो भने चाडै नै मदिरा भट्टी निर्मुल गर्नेछु भनि आश्वासन दिनुभएको छ। चौकी ईन्चार्जसँग यस बिषयमा कुराकानि भईरहेको पनि निरिक्षक पाण्डे जानकारी गराउनुभयो।
हिजो बिदा सकाएर आउनु भएको गँजभवानिपुर चौकि ईन्चार्ज सई रामउदय शर्मासँग फोनमा कुरा गर्दा सईलाई ब्लाकमेल गर्न खोज्नु भएको हो कल डिटेल निकालि कर्वाहि गर्छु।कहिले सुराकि दिनु भएको हो भनि उल्टो गुनासो गर्नु भएको हो।
भारतको कटगेनवाबाट दिनहु आलु प्याज कबहिगोठ नाकाहुदै गँजभवानिपुरमा आई स्टोर हुने र यहाँबाट बिक्रिबितरन गरिने गर्छ।यहि प्रहरी चौकि हुदाँहुदै पनि भारतिय समान आउनु र खुल्ला मदिरा भट्टि सँचालन हुनुमा प्रहरीको मिलोमतो नभई अरु के नै होला भनेर स्थानियले नाम उल्लेख नगर्ने सर्तमा जानकारी गराएका छन।
सँम्भार:-cinnepal.com