पवन शाह
बिराटनगर / भारत बाट नेपाल आउने व्यक्तीहरुको स्वास्थ्य जाचको निम्ति सिमामा खटिएको स्वास्थ्यकर्मिहरु नआउदा भारत बाट नेपाल आउने नेपालीहरुको जोरो नापने प्रक्रिया समेत नहुने गरेको छ ।
नेपाल भारत सिमा जोगबनि नाका बाट नेपाल आउने नेपालीहरुको स्वास्थ्य जाचको निम्ति बिराटनगर महानगर पालिका को जन स्वास्थ्य शाखा बाट खटाएको तिन जना स्वास्थ्यकर्मी मध्ये आवश्यक परेको बेला प्राय तिन जना मध्ये कोहि पनि उपस्थित नहुनेगरेको हुनाले स्वास्थ्य जाचको सामान्य प्रक्रिया समेत पुरा नहुने गरेको छ । श्रोत ले बताए अनुसार यहा खटाईएको स्वास्थ्यकर्मि उषा मेहता औसि पुर्ने मात्र हेल्थ डेस्कमा आउछिन । दोश्रो मा दिलमाया परियार कहिले काहि उपस्थित भएपनि अफ़्नो कामको निम्ति कुनै मतलबै नहुनेगरेको छ भने तेश्रो स्वास्थ्यकर्मि सुलोचना श्रेष्ठ बिहान दश बजे देखि एक बजे सम्म मात्र देख्न सकिन्छ । उक्त हेल्थ डेस्कमा एक जना कार्यलय सह्योगी सिता खतिवडा को भरोसामा मात्र सो हेल्थ डेस्क खुल्ने र बन्द हुने गरेको छ ।
कोरोना महामारीको कारणले गर्दा भारतमा रहेका नेपालीहरु नेपाल फ़र्किदा प्राय सबै आ-आफ़्नो सम्बन्धीत वडाको सिफ़ारिस लिएर होम क्वारेन्टाईनमा बस्नेहरु हुन्छन । कतिपय त प्राईभेट नम्बरको गाडी रिजर्व गरेर नाका बाटै होल्डिङ्ग सेन्टर सम्म जाने करेको देख्न सकिन्छ । उक्त प्रक्रियाको निम्ति भन्सार कार्यालय मा खटेको नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुले सबैको नाम, ठेगाना र जिल्ला ईन्ट्री गरेर पठाउने गरेको देखिन्छ । त्यही भारत बाट नेपाल आउने कोही व्यक्ती संक्रमित रहेछ भने होल्डिङ्ग सेन्टर सम्म जाने गाडीमा भएका ड्राईवरलाई पनि संक्रमन नहोला भन्न सकिदैन । होल्डिङ्ग सेन्टर बाट पुन: घर सम्म जानको निम्ति अर्को गाड़ी फ़ेर बदल हुन्छ त्यस पछी उक्त व्यक्ती धेरै दिन पछि घर पुग्दा को अवस्थामा होम क्वारेन्टाईनमै बस्ने भएपनि आफ़्नो परिवार संग माया स्नेह र समस्या सहजता न बाडी बस्न गार्है हुन्छ ।
यदि यस्तो ठाउमा स्वास्थ्यकर्मिले आवश्यक्ता नै नहुने कारणले यस्तो भैइरहेको हो भने उक्त स्वास्थ्यकर्मिहरुलाई यहाबाट हटाई आवश्यक परेको स्थानमा परिचालन गर्न पनि त सकिन्छ भनि उक्त ठाउमा आवज़ उठ्न थालेको छ । तलब भत्ता सुबिधा लियेर कार्यलय नआउने आएपनि कार्यलयमा सुतेरै दिन बिताउने स्वास्थ्यकर्मिको के काम ।
सम्बन्धीत निकयको ध्यान जाओस ।