सिम्रौनागढ़ सामाजिक संदेश

नि:शुल्क स्वास्थ शिविरमा ४२६६ जना लाभान्वित

Pacharauta covid new -078
Holi Suvarn 078

कलैया, बारा।

जीवन ज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिलिप चौधरीको अध्यक्षतामा गरिएको नि:शुल्क स्वास्थ शिविरमा ४२६६ जना लाभान्वित भएका छन्।

Simraun gadh Covid New -078

सातौ वार्षिक उत्सवको अवसरमा हरेक वर्ष झै यसपालि पनि आफ्नो सेवा ग्राहीमै सिमित नभएर सार्वजनिकरुपमा गैर सेवाग्राही लाई पनि नि:शुल्क स्वास्थ्य चेकजाँच गरिएको संस्थाका अध्यक्ष चौधरीले जानकारी गराएका छन्।

एक छाक भोजनको अभावमा आफ्नो स्वास्थ्य चेकजाँच गराउन नसक्ने सर्वसाधारण लाई सजिलो होस तथा स्वस्थ रहोस भन्ने उद्देश्यले औषधि र ल्याब पनि नि:शुल्क गरेका थिए। समाजमा एउटा छुट्टै पहिचान बनाउन सफल रहेको जीवन ज्योति बचत तथा ऋण सहकारी संस्थाले हरेक समयमा यस्ता समाजिक कार्यमा अग्रसर रहि समाज सेवा गर्दै आएका छन्। कोरोना भाइरसको महामारीमा पनि स्नेटाइजर नि:शुल्क वितरण गरेका थिए।

निःशुल्क स्वास्थ शिविर आज २७ गते आँखा तथा दाँत शिविरमा डा. अमर क्याल (फेको विशेषज्ञ) (रेटिना तथा जलविन्दु विशेषज्ञ, र डा. मुकेश कुमार यादव मुख तथा दाँत रोग विशेषज्ञ, एवं डा. मेरीना विराजी मुख तथा दाँत रोग विशेषज्ञहरु द्वारा चेकजाँच गरिएको हो। भने भोलि २८ गते शनिबार निःशुल्क स्वास्थ शिविरमा डा. राकेश तिवारी कन्सल्टेन्ट फिजिसियन, डा. बद्री प्रसाद दास मेडिकल अफिसर, डा. मनोज कुमार यादव : (बाल तथा नवजात शिशु रोग विशेषज्ञ, चर्म रोग विशेषज्ञ, डा. रोहित गुप्ता, डा. वब्ली मिश्रा पाण्डेय स्त्री तथा प्रसुती रोग विशेषज्ञ, डा. वविता चौधरी स्त्री तथा प्रसुती रोग विशेषज्ञ, डा. नविन कुमार सिंह, वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ राधे वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ, डा. मनोज प्र कुशवाहा ( B& Hospital] Ktm), डा. आमोद श्रेष्ठ कन्सल्टेन्ट नाक, कान घाटी र हेड नेक सर्जन, ना. उप क्षे. अ, विरगंज) लगायतका दक्ष तथा अनुभवी विशेषज्ञ्यहरू बाट विहान ९:०० बजे देखी शिविर सञ्चालन गरिएको थियो। संस्थाका अध्यक्ष चौधरीका अनुसार आउने दिनमा पनि समाजिक सेवामा अग्रसर रहि सेवा प्रदान गर्ने प्रतिबद्धता गरेका छन्।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.